राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन माघ ६ गते देखि शुरू हुने

तुल बहादुर कवँर मगर
भालुबाङ, २४ पुस ।
राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभाको छैठौं अधिवेशन (हिउँदे अधिवेशन) आगामी माघ ६ गते देखि शुरू हुने भएको छ ।

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बाह्रौं कार्यपालिकाकाे निर्णय अनुसार आगामी माघ ६ गते आईतबार बिहान ११ बजे अधिवेशनको मिति तय गरिएको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले हिउँदे अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिनुभयो ।


मुख्यगरी गाउँसभामा विभिन्न विधेयक निर्माण तथा वडा बाट सिफारिस भएका योजनाहरुको संसोधन गर्ने कार्यसुचि रहेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।