लक्ष्मण बस्नेत
तुलसीपुर, २९ मंसिर ।
ज्ञान ज्योती फाउन्डेसन प्रथम रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी अमृत एकेडेमी तुलसिपुर १९ ले जितेको छ ।
आदर्श स्मार्ट एकेडेमी तुलसिपुर ६ को आयोजना तथा ज्ञानज्योती फाउन्डेसनको सहकार्यमा संचालित प्रतियोगितामा ३ स्वर्ण,१ रजत र ४ कास्य पदक हात पार्दै अमृत एकेडेमी तुलसिपुर १९ ले उपाधी जितेको हो ।
त्यस्तै ३ स्वर्ण,१ रजत र २ कास्य पदक जितेको पिएनके पाठशाला तुलसिपुर १ ले द्वितिय स्थान हात पार्दा पब्लिक ज्ञान ज्योति तुलसिपुर बम्नै २ स्वर्ण,३ रजत पदक सहित तृतिय भयो ।
तीन दिन संचालित प्रतियोगितामा फाउन्डेसन भित्रका ६ विद्यालयको सहभागिता रहेको थियो । यसैबिच आयोजक विद्यालय आदर्श स्मार्ट एकेडेमी तुलसिपुरका प्रीन्सिपल वसन्त टण्डनको अध्यक्षता तथा दाङ जिल्ला एथलेटिक्स संघका सचिव लक्ष्मण बस्नेतको प्रमुख आतिथ्य एवं ज्ञान दिप कलेज तुलसिपुरका सहायक प्रधानाध्यापक मनोज केसिको विशिष्ट आतिथ्यमा भएको समापन समरोहमा बिजेता विद्यालय तथा खेलाडिहरुलाई शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथी लक्ष्मण बस्नेत,बिशिस्ट अतिथी मनोज केसि लगाएतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो
कार्यक्रमको संचालन आदर्श स्मार्ट एकेडेमीका शिक्षिका यमुना अधिकारी र खेल संयोजक सुरज वलिले गर्नु भएको थियो ।
लाइभदाङ । २९ मंसिर २०८०, शुक्रबार १९:३० बजे