
तुलसीपुर, २२ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित अटोभिलेज ब्यबस्थापन समितिको अध्यक्षमा माओवादी केन्द्रका दिवस परियार निर्वाचित भएका छन् ।
समितिको चौथो अधिबेशनबाट अध्यक्ष पदका उमेद्वार परियारले ५९ मत ल्याएर विजयी भएका हुन्, भने उनका प्रतिद्वन्दी टोपबहादुर महताराले ४२ मत ल्याएका थिए । अध्यक्षमा मात्रै सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको हो ।
उपाध्यक्षमा चिरन्जिबी रेग्मी र फक्रुदिन खान, सचिबमा विर बहादुर वली(विप्लव), र कोषाध्यक्षमा नरेन्द्र चौधरी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा अर्जुन रिजाल, बिजय कैलाश नेपाली, मुक्ति बिक र अबिर बिकलाई चयन गरिएको छ ।



लाइभदाङ । २२ पुष २०८१, सोमबार १८:०५ बजे