मुक्तिनाथ बिकास बैंक तुलसीपुर शाखाको १७ औ बार्सिकोत्सव

देव राज कँडेल
तुलसीपुर,१९ पुस ।

मुक्तिनाथ बिकास बैंक तुलसीपुर शाखाले १७ औ बार्सिकोत्सव मनाएको छ ।

शाखा प्रबन्धक सरोज कुमार लामिछानेको अध्यक्षता तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


त्यस अवसरमा चालिसेले बजारमा तरलता समस्या रहेको भन्दै ऋण असुलीमा बैंकले सहजीकरण गरि अगाडि बढ्नु पर्ने बताए । बैंकका तुलसीपुर शाखा प्रबन्धक लामिछानेले ग्राहक, सेवाग्राही , कर्मचारी लगायतसबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

साथै उनले तुलसीपुरमा रहेर विभिन्न सामाजिक कार्यहरू संगै सेवा प्रबाहमा कटिबद्ध रहने बताए ।