दंगीशरणमा मानसिक स्वास्थ्य दिवस मनाइयो

दंगीशरण,२४ असोज ।
‘मानसिक स्वास्थ्य हाम्रो अधिकार’ भन्ने मुल नाराका साथ मानसिक स्वास्थ्य दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । मानसिक स्वास्थ्य दिवसको अवसर पारेर कोशिस संस्थाको आयोजनामा मानसिक रोगिहरुलाई परामर्श सहित कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले मानसिक स्वास्थ्यको समस्या वातावरणीय प्रभाव, वंशाणुगत, शिक्षाको कमी, जनचेतनाको अभाव, नकारात्मक सोच, आर्थिक अभावले मानसिक रोग लाग्ने गरेको बताउनुभयो । अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले मानसिक स्वस्थ रहन योग ब्यायाम र प्रणयाम उत्तम विकल्प रहेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले पछिल्लो समय मानसिक रोगिहरुको संख्यामा वृद्धि भइरहेको प्रती चिन्ता ब्यक्त गर्दै मानसिक रोगिहरुको समस्यामा आफुहरु गम्भीर रहेको बताउनुभयो ।कार्यक्रमको सहजीकरण कोशीशका सन्जयराज न्यौपानेले गर्नुभएकोथियो ।