तुलसीपुरमा आफूमाथि कुटपिट गरेको रिस फेर्न आक्रमणको तयारी गरेका तीन जना पक्राउ

तुलसीपुर
२९ मंसिर / दाङको तुलसीपुरबाट खुकुरीसहित तीनजनालाई पक्राउ गरिएको छ ।

तुलसीपुरको बसपार्कबाट दुई थान खुकुरी र अर्को एकथान धारिलो हतियारसहित तीनजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।


उनका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहामनगरपालिका वडा नं. ५ बसपार्क निवासी १९ बर्षीय अजय मिया, रानीजरुवाका समीर विक र मासु मार्केटका कोरेस विक रहेका छन् ।

तुलसीपुरमा आफूमाथि कुटपिट गरेको बदला लिनकालागि आक्रमन गर्ने तयारी गरेरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।