तुलसीपुरबाट ९ जुवाडे पक्राउ

तस्बिरःशरद रेग्मीको फेसबुकबाट

तुलसीपुर, १९ पुस । दाङको तुलसीपुरबाट नौ जुवाडेलाई पक्राउ गरिएको छ ।

शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गौरव वलीको घरमा जुवा खेलिरहेको अबस्थामा २ लाख ५२ हजार रकम सहित जुवाडेलाई पक्राउ गरिएको हो ।


तुलसीपुर ५ ‘ङ’ लाइनबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद राज खत्रीले बताए । दिउसो पौने ४ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो ।

यस विषयमा थप विवरण आउन बाँकी छ ।