
तुलसीपुर, १७ पुस । गोरखा सेकेन्डरी स्कुल तुलसीपुर ६ ले प्रहरीलाई अत्याधुनिक‘ब्रेथलाइजर’ मेसिन सहयोग गरेको छ ।
तुलसीपुर क्षेत्रकालागि ब्रेथलाइजर सहयोग गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक इश्वर थापालाई उक्त मेसिन हस्तान्तरण गरिएको हो ।
गोरखा ग्रुपका शैक्षणिक निर्देशक दुर्गा केसीका अनुसार यो क्यामेरासहितको ब्रेथलाइजर हो। साथै साउन्ड रेकर्ड, फोटोग्राफ, भिडियो, प्रिन्टको समेत काम गर्छ ।



केसीका अनुसार मंगलबार तुलसीपुरकालागि वितरण गरिएको भन्दै अन्य तीन स्थानमा पनि यस्ता मेसिन हस्तान्तरण गर्ने तयारी छ । घोराही, लमही र भालुवाङमा यस्ता मेसिन सहयोग गर्न लागेको केसीले बताए ।
यस्ता मेसिनले शान्ति सुरक्षा र सवारी दुर्घटनामा सहयोग पुग्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।
जाँड रक्सी, गाँजा, भाङ,चुरोटलगायत सेवन गरेको कुुरा यो मेसिनले पत्ता लगाउछ ।
लाइभदाङ । १७ पुष २०८१, बुधबार ०९:१६ बजे