गोरखा तुलसीपुरको खेलकूद सप्ताह

तुलसीपुर, १७ पुस । दाङको तुुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित गोरखा सेकेन्डरी स्कुलको खेलकूद सप्ताह सकिएको छ । मंगलबार सकिएको सप्ताहमा रेड हाउसले गोरखा रनिङ शिल्ड २०८१ जितेको छ ।

बिद्यालयको वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्ष यहि समयमा हुने साताब्यापी खेलकुद महासंग्राहममा १२ स्वर्ण १३ रजत र ५ कास्य पदक हात पार्दै रेड हाउसले रनिङ शिल्ड जितेको हो ।

त्यस्तै ११ स्वर्ण,९ रजत र १४ कास्य पदकका साथ ग्रीन हाउस दोस्रो हुँदा, ब्लु हाउस ९ स्वर्ण,११ रजत र ९ कास्य पदक जितेर तृतीय स्थान हासिल गर्न सफल भयो । एल्लो हाउस उत्कृष्ट अनुशासन हाउस घोषणा भयो ।

कार्यक्रम गोरखा ग्रुपका संस्थापक अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमको प्रमुख आतिथ्य तथा न १९ बाहिनीका प्रमुख सेनानि लेफ्टिनेन्ट कर्नेल श्रवण कुमार सिजापतिको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गौतमले खेलकुद अतिरिक्त क्रियाकलापका रुपमा नभई अनिवार्य गर्नुपर्ने बताएका छन् ।‘विद्यालय क्षेत्रमा खेलकुद अतिरिक्त क्रियाकलापमा सीमित छ, अब अतिरिक्त होईन प्रत्येक बिद्यालयले खेलकुद अनिवार्य गर्नु पर्छ अनि मात्र खेलकुद क्षेत्रले फड्को मार्छ’,उनले भने“ खेलकुद सिङ्गो राष्ट्रको सान र पहिचान मात्र नभई स्वस्थ जिवनशैलिको मुख्य मेरुदण्ड समेत हो ।’


कार्यक्रममा बिद्यालयले जिल्लामा यात्रुको सुरक्षालाई सहयोग पु¥याउने उदेश्यले सवारी चालकले मापासे गरे नगरेको चेकजाच गर्ने एक लाख पचास हजारको अत्याधुनिक डिजिटल प्रबिधिको ब्रेथलाईजर मेसिन जिल्ला प्रहरी कार्यालय दाङ लाई प्रदान गरिएको छ । जुन मेसिन इलाका प्रहरी कार्यालय तुलसीपुरका लागि हो । त्यस्तै घोराही, लमही र भालुवाङमा पनि गोरखाले ति मेसिन हस्तान्तरण गर्ने तयारी गरेको छ ।

त्यस्तै जापानको ओसाकामा भर्खरै सम्पन्न अन्तराष्ट्रिय रेज तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाउने गोरखा माबी तुलसिपुरका खेलकुद संयोजक अन्तराष्ट्रिय खेलाडि मोहन सुनार लाई सम्मान गरिएको थियो ।

बिद्यालयका प्रधानाध्यापक बिजयमान जिएमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष दुजमान भन्डारी,जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर थापा, लगायतले गोरखा माबी तुलसिपुर शिक्षा,खेलकुद र संस्कारको त्रीवेणी भएको बताएका थिए ।

गोरखाले शिक्षा संगै खेलकुदमा पनि अब्बलता प्रस्तुत गरेको बक्ताहरुको भनाई थियो । खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा उच्च राख्न सफल भएको भन्दै तारिफ गरेका थिए । कार्यक्रमको सहजीकरण बिद्यालयका प्राबि संयोजक कमल भन्डारीले गरेका थिए ।

कार्यक्रममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले विभिन्न भेषभुषा,कला संस्कृती झल्किने नृत्य प्रस्तुत गरेका थिए ।