हिरा डागी फाउण्डेशनले सुरु गर्‍यो, ग्रासरुट फुटबल ट्रेनिङ

तुलसीपुर, २१ चैत ।
दाङ तुलसीपुर अरनिको मैदानमा हिरा ग्रासरुट फुटबल ट्रेनिङ सुरु भएको छ । हिरा डागी फाउन्डेसन तुलसीपुर-५ ले संचालन गरेको ट्रेनिङको दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले उद्घाटन गर्नु भएको हो ।

स्थानिय स्तरमा फुटबल खेलको विकास र प्रवर्द्धन संगै ग्रासरुट लेवलमा कुशल खेलाडी उत्पादन गर्ने उदेश्यका साथ ट्रेनिङ सुरुवात गरिएको हो ।

स्वर्गीय हिरा डागी फुटबलका एक होनहार खेलाडी थिए, उनको फुटबल प्रतिको समर्पणलाई जिवन्त राख्न उनकै नाममा ग्रासरुट फुटबल ट्रेनिङ संचालन गरेको फाउन्डेसनका सचिब केशव चौधरी मिग्माले जानकारी दिए ।


‘यो ट्रेनिङ नि:शुल्क हुने र यसको निरन्तरतालाई संगै आफ्नो लक्ष्य र उदेश्य अनुरुप कुशल खेलाडी उत्पादन गर्नेछ ।’ उनले भने । दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले सिङ्गो फुटबल खेलको बिकाससंगै कुशल खेलाडी उत्पादन गर्ने फाउन्डेसनको लक्ष्य र उदेश्य अत्यन्त सह्रानीय भएको बताए ।

फुटबल संघले गर्ने काम फाउन्डेसनले गर्दैछ म अत्यन्त खुसी छु यसमा संघको सहयोग र सहकार्य रहनेछ अध्यक्ष धितालले भने ‘आफ्नो स्थापना कालदेखी खेलकुद शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको फाउन्डेसनले आईतबारदेखि औपचारिक रुपमा सुरु गरेको ट्रेनिङ विशुद्ध नि:शुल्क हुनेछ ।’

ट्रेनिङमा ८ देखि १४ वर्ष उमेर समुहका महिला तथा पुरुष खेलाडिले एकेडेमीक ट्रेनिङ सेवा लिन पाउनेछन् । फाउन्डेसनको संचालन गरेको ट्रेनिङको प्रशिक्षकमा अखिल नेपाल फुटबल संघ एन्फाका पुर्व प्रशिक्षक प्रीती बहादुर गिरि प्रेस रहनु भएको छ । बिहान ६ बजे देखि संचालन हुने ट्रेनिङमा झन्डै ६० बढी महिला तथा पुरुष खेलाडिहरुको सहभागिता रहेको छ ।