भोटे मेलामा भोलि चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

तुलसीपुर, २६ फागुन।


 तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनी स्थित ऐतिहासिक भोटे मेलामा शुक्रबार ( भोलि ) पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने भएको छ ।
ऐतिहासिक महत्व बोकेको भोटे मेलामा ख्यातिप्राप्त राष्ट्रिय कलाकार लोक दोहोरी गायक खुमन अधिकारी, गायक श्रीनिवास थारू, मोडेलहरू अभिषेक खड्का, बबिता धिताल, नृत्याङ्गना मनिषा सुनार लगायत स्थानीय कलाकारको प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक दीपक कुमालले जानकारी दिए । त्यस्तै कार्यक्रमको उद्योषक दीपु मगरले गर्ने छन् ।
ऐतिहासिक महत्वलाई जोगाइ राख्न शिव मन्दिर सञ्चालक समिति मेला सञ्चालन गरेको हो । यही फागुन २३ गते सोमबारदेखि शुरु भएको मेला चैत ५ गतेसम्म सञ्चालन हुने मेला आयोजक शिव मन्दिर सञ्चालक समितिले जनाएको छ ।