तुलसीपुरबाट करिब ३ ग्राम ब्राउन सुगरसहित १० जना पक्राउ

दाङ
२८ मंसिर / दाङको तुलसीपुरबाट करिब ३ ग्राम ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मंगलबार तुलसीपुर बजार तथा आसपासका बिभिन्न क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

लागुऔषध किन्नकै लागि बजारमा चोरी बढेको भन्दै प्रहरीले बिभिन्न स्थानमा छापा मार्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवसी २१ बर्षीय विरबहादुर विक, तुलसीपुर ८ कृष्णमन्दिर निवासी २५ बर्षीय अमर गन्दर्भ, तुलसीपुर १ भमके निवासी ३३ बर्षीय बिरबल बिरकट्टा, सल्यान कुमाख गाउँपालिका वडा नं. २ खानीखोला घरभई तुलसीपुर ५ पातुखोला टेक्सीपार्क बस्ने २८ बर्षीय बिरबहादुर चलाउने रहेका छन् ।


त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बेलझुण्डी बस्ने २३ बर्षीय कैलास सुनार, सोही ठाउँका २३ बर्षीय बसन्त राना, तुलसीपुर १ का २२ बर्षीय विनोद भण्डारी, तुलसीपुर ५ बस्ने २४ बर्षीय देविराज हल्वाई, तुलसीपुर ९ बस्ने २४ बर्षीय एकजार डाँगी र तुलसीपुर ५ बस्ने २६ बर्षीय मानबहादुर विकलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार तुलसीपुरमा ब्राउन सुगरले बिकृति फैलिएको छ । प्रायः युवाहरु नै बढि कुलतमा फसेकाले समाजमा बिभिन्न अपराधिक क्रियाकलाप पनि बढिरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । यसको निकारणकालागि प्रहरीले बिशेष अभियान चलाएको उनको भनाई छ ।