लघुकथा : म के गरी रहेकी छु !

भिमा डाँगी
जे गर्नु पर्ने हो त्यो गर्न सक्या छैन।
पूरा गर्ने जिम्मेवारी छन् टन्न सक्या छैन
हराउँदै छु म एकान्तमा भुली रहेछु कर्तव्य
गिज्ज्याउँदै छन् मलाई मेरै सपनाले जिस्काउँछन् ती
मन मानै सीमित रहेका इच्छाहरु तर म निशब्द छु।
म मौन छु ।
उता मेरो परिवार म माथि सपना देख्दै होलान् यता म
हराउँदै छु एक्लोपनमा सीमित हुँदैछु एकान्तमा टुट्दै छ मन छुट्दै छन् साथीहरु मेटिदै छन्
ति सबै यादहरु जुन अविस्मरणीय छन्
खैर
त्यति गाह्रो नहोला मलाई एक्लोपन अपनाउन जति मेरी आमाले ममाथि देखेको सपना टुटाउदा हुन्छ।
सजिलो त पक्कै छैन मैले रोजेको बाटो त्यो जहाँ।
शक्तिहीनता, असक्षमता निराशा, असन्तुष्टि, उदासी, वैराग्य,पलायन, छटपटी कुण्ठा,पीडा,दुःख असन्तुष्टि, उदासी, अनास्था, स्नेहाको अभाव छ र एक्लोपन छ।
तर
खैर हार त म पक्कै मान्दिन म
मलाई टुटाउन कोसिस गरिएको हो म टुटेको चाहिँ छैन ।
सक्छु म सक्षमताको बाटो रोज्न बस मेरो हारमा हौसला दिनेको आवश्यकता छ ।
सक्छु म गर्न रोज्नु छ मलाई त्यो बाटो जहाँ जीवनका यशस्वी साहसी बिम्बहरू छन् कर्मशीलता छ जागरण छ ।
सचेतता छ उत्कृष्टता छ ।
जीवनका यावत सहज र सकारात्मक पक्षहरू छन् उज्याला स्रोतहरू छन् ।
हरियालीहरू छन् शान्तिपूर्वक जिउनुका आधारहरू छन् ।
मेरो मनस्थिति लड्दैछ म सँग ।
मलाई पहिलो बाटोतिर घचेट्दै छ । जहाँ दुःख रोदन पीडा बाहेक अरु छैन ।
म दोस्रो बाटोमा समर्पित हुन चाहन्छु । जुन सुखदको बाटो हो । एक्लो मेरो मात्र जिन्दगी होइन । मेरो परिवारको जीवन सपना छ म मा
उनीहरूको आशा छ म किन हर मानौं।
मैले जे चाहन्थे त्यो हुन सकेन जे सोच्थे त्यो बन्न सकिरहेकी छैन कोसिस त छँदैछ । तर मेरो मनस्थिति ठिक छैन ।
म आत्मनिर्भर हुन चाहन्छु । म बन्न चाहन्छु एक सफल छोरी आशा छ टुटेको मन परिवारको भरोसा र मेरो सपना पुरा गर्न म स्वयम्ले मलाई नै हौसला दिने कोसिस गर्नेछु । साभारः अग्रिम साप्ताहिक