दाङको घोराही स्थित बुद्ध इन्टरनेश्नल हस्पिटलमा केही दिन अघि उपचारको क्रममा ९ वर्षे बालकको मृत्यु भयो । घाटीमा सुन्निएपछि उपचारकालागि अस्पताल लगिएका राजपुर गाउँपालिका ९ पटौली नाका निवासी सुरेश कुवरको मृत्यु भएको हो । उपचारकालागि अस्पताल लगिएका उनको उपचारको क्रममा नाक र मुखबाट रगत वान्ता भएपछि मृत्यु भयो । त्यसपछि अस्पतालमा तनाबग्रस्त भयो । त्यतिमात्रै होईन्, बुद्ध इन्टरनेश्नल हस्पिटलमै यही असारमा पनि एक विरामीको मृत्यु भयो । घोराही १४ निवासी कमला विकको पत्थरीको अप्रेशन गर्ने क्रममा निधन भएको थियो । यी दुई त प्रतिनिधि घटना मात्रै हुन् । दाङमा अस्पतालमा सामान्य खालका उपचारको क्रममा पनि विरामीको मृत्यु भएपछि आफन्तले आपत्ति जनाउँदै आएका छन् ।
अस्पताल भनेको अन्तिम भरोसा गर्ने ठाउँ हो । विरामी हुँदा अस्पताललाई नै मन्दिर र डाक्टरलाई नै भगवान मानिन्छ । अस्पतालजस्तो सम्बेदनशील क्षेत्रमा लापरवाही हुँदा यसरी विरामीको मृत्यु हुनुले डाक्टरहरुमाथि नै बितृष्णा पैदा हुन, विश्वास घट्दै जाने अबस्था सिर्जना हुन्छ । डाक्टरहरुको मर्यादामाथि पनि यसले आँच पु¥याउछ, त्यसैले विरामी उपचार गर्न आएपछि त्यसको पूर्ण रिपोर्ट विरामीका आफन्तलाई दिने र सम्वेदनशील भएर उपचार नगर्दा त्यसले जिल्लाको स्वास्थ्य क्षेत्रप्रति नै अविस्वास पैदा हुन्छ र उपचार गर्न बाहिरी जिल्ला जाने, विरामीका आफन्तले बाहिरी जिल्ला रेफर गर्न खोज्ने हुँदा त्यसले जिल्लालाई हरेक हिसाबले असर पु¥याउने गर्छ ।
उपचार गर्दा–गर्दै विरामीको मृत्यु हुन्छ । हरेक मृत्यु प्रायः अस्पतालमा नै हुन्छन्,त्यो स्वभाविक नै हो । सही चिकित्सक र सही तरिकाले उपचार गर्दा गर्दै मृत्यु भएमा त्यसलाई स्वभाविक रुपमा लिनु पर्छ । तर, एउटा चिकित्सकको नाममा गैर चिकित्सकले तथा गलत औषधीको प्रयोग गर्ने जस्ता लापरवाही वा गम्भीर प्रकृतिका विरामीको उपचारमा कुनै चासो नदिने जस्ता कार्य गरे त्यसको विरोध पनि हुनै पर्छ । पछिल्लो समय विरामी मृत्यु पछि विरोध गर्नु नै पर्छ, भन्ने जस्ता प्रबृति पनि बढेका छन्, त्यस्तो नभई सही र गलत कुरा पत्ता लगाएर विरोध गरे स्वास्थ्य क्षेत्रको सुधारमा टेवा पुग्छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ५ चैत्र २०८०, सोमबार ०९:३६ बजे