प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते

प्रतिनिधि सभाको आजको बैठक सकिएको छ। सभामुख अग्नि सापकोटाले अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्।

आजदेखि सुरू भएको प्रतिनिधि सभाको १० अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायम राखेको थियो।

ष्लखयतभअज
मंगलबार दिउँसो बैठक सुरू भएलगत्तै एमालेका सासंदहरूले नाराबाजी सुरू गरेका थिए।


यसअघि एमालेले पटक(पटक अवरोध गर्दा संसद चल्न सकेको थिएन। पछिल्लोपटक प्रतिनिधि सभाको बैठक कात्तिक ११ गते बसेको थियो।

कबलष्mबभखभचथनजबच दयह बम द्दलmद
एमाले अवरोधकै बीच सभामुख अग्नि सापकोटाले आजको बैठकमा संसदको कारबाही अघि बढाएका थिए।

कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ लगायत अध्यादेश संसदमा प्रस्तुत गरेका छन्।