तुलसीपुर, ७ पुस । पटक–पटक टरिगाउँ एयरपोर्ट विस्तार हुन नसकेमा विकल्प खोज्नु पर्ने अभिब्यक्ति दिदै आएका एमाले महासचिब शंकर पोख्रेल अन्ततः यसको विस्तारमा पहल लिन थालेका छन् ।
पार्टी भित्र र वाहिरबाट पनि दवाव बढेपछि उनी आफै पनि संस्कृति, पर्यटन र नागरिक उडड्यन मन्त्री बद्रिप्रसाद पाण्डेलाई भेट्न पुगेका हुन् ।
सत्ता साझेदार काँग्रेसका नेता दीपक गिरीलाई लिएर एयरपोर्टको धावन मार्ग विस्तारको विषयमा छलफल गरेका हुन् । बजेट र जग्गा ब्यबस्थापन हुन सके विस्तार हुन सक्ने भन्दै त्यो छलफलमा उनीहरु केन्द्रित भएका थिए ।
टरिगाउ एयरपाेर्टका सन्दर्भमा पश्चिम दाङका नेताहरुको एकमत नहुँदा पनि यसरी ओझेलमा पर्ने गरेकाे छ । यो बिमानस्थल २०११ सालमा स्थापना भएको बिमानस्थल हो ।
अहिले विमानस्थलको धावनमार्गको लम्बाई ७५० मिटर मात्रै हो । यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकेमा ७२ सिटे जहाज बस्न सक्छन् ।
अहिले १९ सिटे जहाज मात्रै बस्न सक्ने अहिलेको धावनमार्गले गर्दा सेवा अनियमित हुँदै गएको छ ।
लाइभदाङ । ७ पुष २०८१, आईतवार १९:४८ बजे