विद्यार्थीलाई वित्तिय साक्षरता : ‘पहिले पैसा राख्न पर्स बोकिन्थ्यो, अब एटिएम राख्न बोक्नुपर्छ ’

दीपक बोहरा
दाङ, २८ मंसिर ।

मुलुकमा विज्ञान र प्रबिधिले फड्को मारेको छ । यसको प्रभाब बैंकिङ क्षेत्रमा पनि छ । ‘अब पहिले जस्तो गोजीमा पैसा बोक्नु पर्दैन । पहिलो पैसा बोक्नलाई पर्स बोकिन्थ्यो, अब किन बोक्ने त भन्दा एटिएम बोक्नलाई पर्स बोक्नु पर्छ’ नेपाल बैंक लिमिटेड तुलसीपुरका सहायक प्रबन्धक सुमन लामिछानेले भने‘ अबको कारोबार भनेको क्यासलेस हुनुपर्छ ।’ नेपाल बैंक लिमिटेड तुलसीपुर शाखाले मंंगलबार गोरखा स्कुल तुलसीपुरमा कक्षा १२ मा पढ्ने व्यबस्थापन शंकायका विद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम राखि ‘डिजिटल बैंकिङ’का बारेमा जानकारी गराउदा विद्यार्थीहरु निकै उत्साहित र चासोका साथ सुनिरहेका थिए ।

सोही क्रममा लामिछानेले अब बैंकमा घण्टौं लाईन लाग्नु पर्ने अबस्थाको अन्त्य भइसकेको छ ।‘अब पनि बैंकमा जाउ, भौचर भर, लाईनमा लाग, त्यसपछि बैंकको प्रोसेसले ढिला व्यहोर्ने कसैलाई पनि समय छैन’, उनले भने‘त्यसैले अब मोवाईल बैंकिङ् खोल्ने र घरमै शिरकमै बसेर बढिमा एक मिनेटमै काम गर्न सकिन्छ ।’

अब हरेक पसलहरुमा ‘क्यूआर कोर्ड’ हुन्छ । मोवाईल बैंकिङ भएमा त्यहीबाट भुक्तानी पनि गर्न सकिन्छ ।‘तपाईसंग खुद्रा हुँदैन, पसलमा जानु भयो भने दुई रुपैँया फिर्ता लिनु प¥यो भने त्यो खुद्रा हुँदैन, त्यसको सट्टा पसलेले चक्लेट दिन्छन’, उनले भने‘यसले गर्दा हामीलाई घाटा हुन्छ, तर मोवाईल बैंकिङ भएमा जति सामान किनेको हो, त्यति नै पैसा मोवाईल बैंकिङबाट दिन सकिन्छ ।’

कुनै समय आफूसंंग बैंकमा पैसा भएपनि त्यसले काम नदिने पनि उनले बताए ।‘जस्तै हामी राति विरामी प¥यौं, बैंकमा पैसा छ, तर गोजीमा छैन, भने रातिमा पैसा कहाँबाट ल्याउने भन्ने हुन्छ’, उनले भने‘तर, हामीले एटिएम वा मोवाईल बैंकिङ भएमा चौविसै घण्टा जतिबेला ईमरजेनसी परेको बेला पनि डिजिटल कारोबार गर्न सकिन्छ ।’


विद्यार्थीहरुलाई बैंकिङ साक्षरता बारे जानकारी दिदै बैंकका शाखा प्रमुख निरज न्यौपानेले बैंकमा बचत गर्ने बानी बसाल्नु पर्ने बताए ।‘पैसा घरमा राख्दा त्यो बढ्न पनि होईन्, अनाबश्यक पैसा पनि खर्च हुन्छ’, उनले भने‘त्यसैले बैंकमा राख्दा बचत पनि हुने र व्याज पनि पाईने हुन्छ ।’

बैंकका सहायक अनिता भण्डारीले नेपाल बैंकको अनलाइनबाटै खाता खोल्न सकिने बताइन् । साथै नागरिक एप, अनलाईन डिम्याट खाता,ईन्टरनेट बैंकिङ्, क्यूआर कोडलगायतका डिजिटल सुविधा रहेको जानकारी दिइन ।

त्यस अवसरमा गोरखा स्कुल तुलसीपुरका प्रिन्सीपल विजयमान जीएमले हरेक क्षेत्र डिजिटलमैत्री भएकाले यसमा नयाँ पुस्ताले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा राजेश गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण महेन्द्र केसीले गरेका थिए ।