
भालुवाङ, १ पुस ।
दाङको देउखुरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतकको परिचय भने खुल्न सकेको छैन् ।
सोमबार बेलुका ६ः३० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया (कटेशनाला नजिक) मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्युु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । पश्चिकबाट पुर्व तर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पुर्वबाट पश्चिम तर्फ जादै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइतेलाई स्वास्थ्य चौकी भालुवाङ लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।



लाइभदाङ । १ पुष २०८१, सोमबार २०:५१ बजे