दाङका ९ पालिकाले दिए गर्मीको विदा

दाङ,१८ जेठ । अत्याधिक गर्मी बढेपछि दाङमा विद्यालय बन्द गरिएको छ । दाङको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिका बाहके अन्य ९ पालिकाले विद्यालय बन्द गरेका छन् ।

दाङको बबई गाउँपालिकाले जेठ १८ देखि अर्को सूचना जारी नगर्दासम्म, घोराही, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाउँपालिकाले जेठ १८ देखि २२ सम्म, लमही नपा, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाले जेठ १७ र १८ गते तथा गढवा गाउँपालिकाले जेठ १७ देखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।


दाङमा १२ बर्ष यताकै गर्मी भएको छ । विहीबार मात्रै दाङमा ४०.२ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । १२ बर्षयता दाङको तापक्रम ४० डिग्रिसेल्सियस पुगेको थिएन ।