दाङमा कारागारका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै

दाङ,३० मंसिर ।
दाङको कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् । केही कैदीले परिवारलाई खर्चसमेत पठाउने गरेका घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबापत पाँचदेखि आठ सय र मुढा बनाएर महिनाको चारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।


उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् । घरलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्त तथा अन्यले खरिद गर्ने गरेका छन् । कारागारमा एक सय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन् ।