दंगीशरण, २६ मङ्सिर ।
दंगीशरण गाउँपालिकामा कुपोषणको अवस्था पत्ता लगाउन १५ सय,बालबालिकाको पाखुराको नापलिने अभियान शुरु गरीएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परीरहेको गम्भिर प्रभावलाई मध्यनजर गर्दै गाउँपालिकाका ७ वटै वडाका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाच गर्नलागिएको हो । हेलन केयर, भिटामिन एन्जल र आइडिइको सहयोगमा बेश संस्थाद्वारा संचालित पोषण मार्फत जीवन रुपान्तरण परीयोजना अन्तर्गत यो कार्यक्रम वडा नं.२ को सरुवाडाडावाट शुरु गरीएको बेश संस्थाका परीयोजना संयोजक शुरेश चौधरीले जानकारी दिनुभयो ।
बालबालिकाको पाखुराको बिच भागको परीधि मापन गरेर कुपोषणको अवस्था मापन गरीन्छ । यसरी माप लिदा ५ दशमलव ५ सेन्टिमिटर देखि ११ दशमलव ५ सेन्टिमिटर कडा कुपोषण (रातो) चिन्ह, ११ दशमलव ५ सिन्टिमिटरदेखि १२ दशमलव ५ सेन्टिमिटर मध्यम कुपोषण (पहेलो) चिन्ह र १२ दशमलव ५ सेन्टिमिटरभन्दा माथि सामान्य अवस्था मानिन्छ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले बालबालिकाको शारीरीक तथा मानसिक विकासका लागि पोषणको अपरीहार्यता रहेको बताउनुभयो ।अध्यक्ष गिरीले पोषण अवस्थाको बारेमा ५ वर्षमुनिका बालबालिकाको आमालाई पोषणको महत्त्ववारे सचेतना जगानुपर्ने बताउनुभयो ।
सोहि अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले देशको विकासका लागि ५ वर्षसम्मका बालबालिकाको पोषणमा लगानि गर्न आवश्यक रहेको बताउनुभयो । उपाध्यक्ष खड्काले पोषणमा सुधार ल्याउन पालिकाले स्वास्थ्य सस्थामा सुत्केरीहुदा राज्यले दिदै आएको २८०० रुपैयाँमा ३२ सय थपगरी ६ हजार सुत्केरी प्रोत्साहन दिदैआएको जानकारी दिनुभयो ।
गाउँपालिकाका ७ वटा वडाका महिला स्वास्थ्य स्वयंसेवीका मार्फत बालबालिकाको पाखुराको माप लिइने योजना रहेकोछ । परीयोजनाको पहिलो चरणमा घरदैलो मार्फत सचेतना फैलाउदै सबै बालबालिकाको मल्टिसेक्टरल एक्योन फर न्युट्रीसन मुआका लिने कार्यगरीने छ । मुआक परीक्षणपछी बालबालिकाको पोषण सुधार गर्ने योजनामा सहयोग पुग्ने परीयोजनाका सामाजिक परीचालक सन्तोष चौधरीले बताउनुभयो । ५ वर्षे अवधिमा पालिकाका सवै वडामा लक्षित उमेर समुहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरीने चौधरीले बताउनुभयो ।
यस्तै परीयिजनाका सामाजिक परीचालक अनिता योगिले महिला स्वास्थ्स्वयंसेवीका, स्वास्थ्य प्रदायक संस्था, वडा स्तरीय स्वास्थ्य संरचना, सरोकारवालाबिच समन्वय गरेर पोषण सुधारको प्रयासलाई अगाडि बढाइने बताउनुभयो ।
लाइभदाङ । २६ मंसिर २०८१, बुधबार १८:५३ बजे