उज्यालो दंगीशरण अभियान अन्तर्गत दंगीशरणका ७ स्थानमा सौर्य बत्ती जडान

प्रमोद आचार्य
दंगीशरण, ३१ जेठ ।
वैकल्पिक उर्जा केन्द्रको लगानिमा दंगीशरण गाउँपालिकाका विभिन्न ७ वटा स्थानमा सौर्य बत्ती जडान गरीएको छ । उज्यालो दंगीशरण अभियान अन्तर्गत दंगीशरण गाउँपालिकाका अती संबेदनसिल विभिन्न ७ ठाँउमा सौर्य बत्ती जडान गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।

सौर्य बत्ती जडान भए सङ्गै चोरी डकैती लगायतका अपराधिक घटनामा कमि आउने अपेक्षा लिएको अध्यक्ष गिरीले बताउनुभयो ।अहिले पहिलोपटक दंगीशरणका ७ स्थान मध्य वडा नं. ५ को बालापुर प्रहरी बिट नजिक,गाउँपालिका प्रबेशद्वर नजिक,प्राथमिक स्वास्थ्य सेवाकेन्द्र बागर नजिक २ वटा , हेकुलीचोकमा १ वटा, गोल्टाकुरी स्वास्थ्य चौकी नजिक एक वटा र हेकुली स्वास्थ्य चौकि नजिक १ वटा गरी ७ वटा सौर्य बत्ती जडान गरीएको हो ।


सभ्य र शान्त समाज निर्माणका लागी उज्यालो दंगीशरणको अभियान अगाडी बढाइएको अध्यक्ष गिरीले बताउनुभयो । उज्यालो दंगीशरण सङ्गै आगामी वर्ष पनि अन्य स्थानमा सौर्य बत्ती जडान सङ्गै हरीयाली दंगीशरणको अभियानलाई अगाडी बढाइने बताउनुभयो ।