दाङ, १७ भदौ ।
दाङ भ्याली यातायात प्रा.लिले प्राकृतिक बिपत्त पहिरोबाट पिडित हुनुभएका आफ्ना ब्यवसायीलाई आर्थिक सहयोग गरेको छ । दाङ भ्याली यातायात प्रा.लिमा आबद्ध ब्यवसायी सोमराज परियारलाई संस्था र ब्यवसायीहरुबाट उठेको रु१०,६००।– सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका कार्यालय प्रमुख महेन्द्र महराले बिपत्तको घडीमा घाउमा मलम लगाउने काम संस्थाले गरेको बताउनुभयो । संस्थाले बिभिन्न समयमा यि यस्ता सहयोगका कामहरु गर्दै पनि आएको उहाँले स्मरण गराउनुभयो ।
मिति २०८१।०५।०३ गते बिहान अन्दाजी ३ः०० बजेको समयमा जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं २ दल्लीडाँडा गाउँ स्थित पहिरोमा परी यातायात ब्यबसायी सोमराज परियारका बुवा लाल बहादुर परियार,आमा मनिषा परियार र २ वर्षिय भाई शुभम परियारले ज्यान गुमाएका थिए । मृतक तिनै जना सुतिरहेको अवस्थामा माथिबाट आएको पहिरोले उनीहरु तिनै जनालाई पुरेको थियो ।
लाइभदाङ । १७ भाद्र २०८१, सोमबार २१:०४ बजे