
तुलसीपुर, २४ मंसिर । राष्ट्रिय साना सहरी उपभोक्ता तथा सरसफाइ महासंघको केन्द्रीय अध्यक्षमा खेमराज वली निर्वाचित भएका छन् ।
दाङ निवासी वली भर्खरै भएको अधिवेशनले अध्यक्षमा चयन गरेको हो ।



उनी माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य हुन् ।
उनले चार कार्यकाल तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्व गरेका थिए ।
लाइभदाङ । २४ मंसिर २०८१, सोमबार २१:२६ बजे