तुलसीपुर, १ माघ । नेपाल क्यानडा टुरीजम कल्चर एण्ड ट्रेड काठमाडौं एवं भिजन किवानीज क्लव अफ नेपालको प्राविधिक सहयोगमा दाङका बिभिन्न स्थानमा भएको स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५६ जनाले सेवा लिएका छन् ।
बबई गाउँपालिका, तुलसीपुर उपमहानगरपालिका वडा नं.४,१२, १४, १९ तथा बंगलाचुली गाउँपालिकामा स्वास्थ्य शिविर भएको हो । सम्बन्धित वडा तथा पालिकाको आयोजना स्वास्थ्य शिविर भएको हो ।
बबई गाउँपालिकाको हंसपुरमा भएको स्वास्थ्य शिविरमा ५ सय ९७ जना, तुलसीपुर १२ बाट दुईसय २३ जना, तुलसीपुर ४ मा २ सय ८१, तुलसीपुर १४ मा एकसय ८६ जना र तुलसीपुर १९ बाट दुईसय ८ जनाले सेवा लिएका छन् ।
त्यस्तै बंगलाचुली गाउँपालिकाको वडा नं. ५ लोहारपानीमा भएको स्वास्थ्य शिविरबाट दुईसय २१, बंगलाचुली ७ मा भएको शिविरबाट एकसय ६० जनाले सेवा लिएका छन् । पुस ५ गतेदखि २३ गतेसम्म दाङका बिभिन्न स्थानमा शिविर सञ्चालन भएको हो ।
जनरल फिजिसियन डा. सुरेन्द्र विक्रम बस्नेत, दन्तरोग विशेषज्ञ दिया न्यौपाने, स्त्रीरोग विशेषज्ञ डा. बिना श्रेष्ठ स्वास्थ्य जाँच गरिएको हो ।
लाइभदाङ । १ माघ २०८१, मंगलवार ०८:३६ बजे