तुलसीपुर महोत्सवको रोक्न माग गर्दै बजार बन्द गरिने

दाङ
२७ मंसिर / तुलसीपुर चेम्बर अफ कमर्शले महोत्सव लगाउन लागेको भन्दै यसको विरुद्धमा तुलसीपुर बजार बन्द गरिने भएको छ । तुलसीपुर क्षेत्रका बिभिन्न व्यबसायीहरुले मंगलबार एक विज्ञप्ति जारी गरि महोत्सवले यस क्षेत्रका व्यबसायीलाई प्रभाबित हुने भन्दै महोत्सव नरोके चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

विगतमा कोरोनाका कारण व्यापार ठप्प भइ बैक तथा वित्तिय संस्था तथा घरभाडा तथा अन्य कर तिर्न नसकेको भन्दै यस्तो अबस्थामा महोत्सव लगाउनु दुःखद भएको भन्दै मंगलबार तुलसीपुर बजार बन्द गर्ने बताएका हुन् ।

अहिले पनि बिभिन्न देशमा कोभिडको अर्को लहर आईसकेको भन्दै यस्तो अबस्थामा महोत्सव उपर्युक्त नभएको समेत बिज्ञप्तिमा उल्लेख छ ।


चेम्बरले पुस १ गतेदेखि १२ गतेसम्म तुलसीपुरमा महोत्सवको आयोजना गरेको छ । चेम्बरले भने महोत्सव तयारी पूरा भइसकेको जनाएको छ ।

यही महोत्सव लगाउने सन्दर्भमा तुलसीपुरमा व्यबसायीहरु दुई चिरा भएका छन् । तुलसीपुर उद्योग बाणिज्य संघले महोत्सव रोक्ने पक्षमा आवाज उठाउँदै आएको छ, भने चेम्बरले सिन्डिकेट तोड्ने होडमा छन् ।