
दाङ,२० मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित हिमाल एमाडेमीले संयुक्त राष्ट्र संघका मुलुकको अबस्था बुझाउन संसद अभ्यास गर्ने भएको छ । दाङ जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागितामा संयुक्त राष्ट्रसंघीय संसद अभ्यास गर्ने भएको हो । जसमा संयुक्त राष्ट्रसंघमा रहेका मुलुककोे प्रतिनिधित्व गर्नेगरी नमुना संयुक्त राष्ट्रसंघको अभ्यास गर्ने गर्न लागिएको विहीबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । उनका अनुसार कार्यक्रम मंसिर २४,२५ र २६ गते कार्यक्रम हुनेछ ।
कक्षा ११ र १२ का विज्ञान र कानुुन संकायका विद्यार्थीहरुले मोडल युनाईटेड नेशन (मुन) कार्यक्रम गर्न लागिएको विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले जानकारी दिए । उनले यो कार्यक्रम नेपालमै पहिलो पटक आयोजना हुन लागेको समेत बताए । “यो नेपालमै नयाँ र पहिलो कार्यक्रम हो”,उनले भने“यस्ता कार्यक्रमले विद्यार्थीहरुको क्षमता विस्तारमा टेवा पु¥याउने छ।”
उनले कार्यक्रममा अन्र्तराष्ट्रिय स्तरमा मुलुकको शान्ति सुरक्षा मानव अधिकार, राज्यको पहुँचमा महिलाको अवस्थाकालगायतका विषयमा प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । यसले विद्यार्थीहरुको क्षमता विस्तारमा सहयोग पुग्ने छ । यो विषय पाठ्यक्रममा समेत समावेश भएकाले प्रत्यक्ष रुपमा नमूना अभ्यास गरे झनै प्रष्ट हुने उनको भनाई थियो । यसले विद्यार्थीहरुको क्षमता र नेतृत्व विकासमा टेवा पु¥याउने छ ।
कार्यक्रममा युएनका प्रतिनिधिहरु प्रशिक्षकका रुपमा आउने छन् ।
जिल्लाका विद्यालयहरुले प्रत्येक विद्यालयले ५ जनासम्म विद्यार्थीहरु सहभागी गराउन पाउने गरि कुरा भएको छ । कार्यक्रम सफल बनाउनकालागि विद्यार्थीहरुले नै नेतृत्व गर्नेछन् । त्यसकालागि मुल आयोजक कमिटिकोे सेक्रेटरी जरलमा प्रशंसा केसीलाई जिम्मेवारी दिईएको छ । त्यस्तै डिपुटी अफ सेक्रेटरी जनरलमा प्युस डाँगी, युएस अफ डेलिगेट अफेयरमा कृष्टिना परियार, युएसजी अफ कम्युनीकेशनमा भरत रोकाय, लजिष्टिकमा सोबित बस्नते, फाइनान्समा साजन बस्याल र डाइरेक्टर जनरलको जिम्मेवरी सम्यकसिंह थापालाई दिइएको छ ।
विहीबार मुल आयोजक समितिका महासचिव प्रशंसा केसीको अध्यक्षतामा भएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा सहभागी हुनका लागि प्रति विद्यार्थी १ हजार दर्ता शूल्क समेत तोकिएको छ । कार्यक्रममा सफल बनाउनकालागि प्रायोजकको समेत ब्यबस्था गरिएको छ ।



लाइभदाङ । २० मंसिर २०८१, बिहीबार २२:१० बजे