तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी अहिले आफ्नो जिम्मेवारी छोडेर आन्दोलनमा छन् । उनीहरुको आन्दोलन आफैलाई उपमहानगरपालिकाको कार्यापालिका बैठकले घटुवा गरेकोप्रति छ । तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका ति कर्मचारीहरुलाई घनश्याम पाण्डे नगर प्रमुख हुँदा कानुन बनाएर एक तह बढुवा गरिएको थियो । तर, लुम्बिनी प्रदेश सेवा आयोगले प्रदेशमा कानुन पनि नबनेको र लोक सेवासंग समन्वय नगरि बढुवा गरेको भन्दै यो निर्णय कार्यान्वयन नगर्न भनेको थियो । त्यसपछि कर्मचारीहरु आफै उच्च अदालत तुलसीपुरमा गएका थिए । उच्च अदालत तुलसीपुरले उनीहरुको रिट नै खारेजी ग¥यो । त्यति मात्रै होईन, ति कर्मचारीले खाएको तलब समेत पटक–पटक बेरुजु देखियो । अख्तियारले समेत पटक–पटक अदालतको निर्णय विपरित बढुवा भएको बराबरको तलब खाएको भन्दै पत्र पठाई रह्यो । त्यसपछि उपमहानगरपालिकाको कार्यपालिका बैठकले केही दिन अघि मात्रै घटुवा ग¥यो । त्यसपछि उपमहानगरपालिकाका कर्मचारी विरोधमा उत्रिए ।
कर्मचारी आफै पनि शुसासन कायम गर्ने गरि सफत खाएका ब्यक्ती हुन् । कानुनको पालन गर्ने र गर्न लगाउने दायित्व उनीहरुको काधमा हुन्छ । तर, तिनै कर्मचारी अख्तियार, महालेखा परीक्षकको कार्यालय र अदालतको समेत निर्णय स्वीकार्न तयार छैनन । उनीहरु कुनै आमुक ब्यक्तीको पछि लागेर ‘इगो’ साँध्छन् । विधि पद्धति भन्दा कुनै ब्यक्तीप्रति लक्षित गरेर आन्दोलन गर्छन् । यो कुनै उनीहरुको दोष होईन्, यो यहाँको परिवेश, वातावरण, संस्कारको प्रतिनिधित्व हो । पश्चिम दाङको एउटा केन्द्र तुलसीपुर जो, यस्तै कुराले रुमलिन्छ । ब्यक्ति केन्द्रित ‘इगो’ साँध्ने, आफू अनुकूल भए, सबै ठीक हुने तर, प्रतिकूल भए एकदमै बेठीक हुने प्रवृति हावी भएपछि यस्ता कुराहरु आईरहन्छन् । यहाँ कुनै ब्यक्ती सुधार गर्न खोज्दा, त्यो एक्लिनु पर्छ । राम्रो काम गर्दा सबैको बचन सहनु पर्छ । यहाँ त सबैलाई ‘ब्यालेन्स’ गर्नुपर्छ । त्यो भनेको सबैलाई समान भाग पुग्नु पर्छ । जसले जे भनेको छ,त्यो पूरा हुनुपर्छ, त्यही गनिन्छ, सच्चा, इमान्दार र वफादार ब्यक्ती ।
यो जुन संस्कार पहिलेदेखि छ, यसलाई सुधार गर्ने एउटा अभियान चाहिएको छ । जसरी राम्रो गर्न खोज्नेहरुमाथि घेराबन्दी हुन्छ, त्यसरी नै राम्रो गर्नेहरुलाई समर्थन र गलत गरे खबरदारी गर्नुपर्छ । सच्चा, इमान्दार, न्यायोजित तरिकाले मूल्यांकन गर्ने र त्यो अनुसारको निर्णय गर्न सक्ने ब्यक्तीको सहकार्य आवश्यक छ । अन्यथाः तुलसीपुरमा अहिले जस्ता गतिविधिमा रुमल्लि रहेकोछ, भविष्यमा पनि त्यस्तै गतिविधि हुन्छन्, यहाँको समाज झन–झन अराजक, अपराधिक, अस्वभाविक बन्दै जान्छ, यस तर्फ गम्भीर भएर सोच्न आवश्यक छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १८ मंसिर २०८१, मंगलवार १८:१९ बजे