समाजवादी क्रान्तिको कार्यदिशाको आधार

आजाद खड्का
१ विषय प्रवेश
नेपाल अर्ध सामन्ती र अर्ध उपनिवेसिक अवस्थाबाट गुज्रिएको र यो सत्तालाई सामन्त, दलाल तथा नोकरशाह वर्गले नेतृत्व गरेको र यो वर्गको हितमा रहेको उत्पादन प्रणालीको अन्त्य गर्दै नयाँ जनवादी उत्पादन प्रणाली निर्माण गर्ने, त्यो राज्यसत्ताको नेतृत्व श्रमजीवि वर्गले गर्ने र किसानको सहभागिता रहने प्रगतिशिल पुँजीवादी व्यवस्था निर्माण गर्ने कार्यनीतिक लक्ष्य र समाजवाद/साम्यवाद रणनीतिक लक्ष्य राखेर २००६ सालमा कम्युनिष्ट पार्टी गठन भयो ।

हामी अहिलेसम्म निरन्तर ७४ वर्ष सम्म लडेर नेपालमा सामन्तवादको अन्त्य तथा दलाल पुँजीवादको स्थापना भयो । नयाँ जनवादका ठाउँमा दलाल पुँजीवादी व्यवस्था आएको छ । हामी अझै अगाडि समाजवादी व्यवस्थामा पुग्नु छ । त्यहाँ पुग्न समाजवादी क्रान्तिको कार्यदिशा तय गर्नुपर्छ । समाजवादी क्रान्तिको कार्यदिशा कार्यान्वयनको आधार तयार गर्नुपर्छ । त्यो आधार तयार पार्ने भनेको
(क)‘संघिय लोकतान्त्रिक गणतन्त्र, नेपाल’लाई संस्थागत गर्ने,
(ख)संक्रमणकालिन न्याय टुंग्याउनु पर्छ,
(ग)सुशासन र समृद्विको योजना निर्माण,
(घ)पार्टीको समाजवादी संगठनात्मक ढाँचा तयार पार्नु ।

(क) गणतन्त्र संस्थागत
‘संघिय लोकतान्त्रिक गणतन्त्र, नेपाल’लाई संस्थागत गर्ने भनेको अहिलेको राज्यसत्तालाई व्यवस्थित र कार्यन्वयन गर्ने भनेको हो । त्यसका लागि (१) संघिय निजामति ऐन बनाएर कर्मचारीहरूलाई संघियताको मर्म अनुसार परिचालन गर्नु हो । (२) संघिय प्रहरी ऐनलाई पारित गरेर प्रहरीलाई पनि संघिय व्यवस्था अनुसार परिचालन गर्ने भनेको हो । (३) संघिय व्यवस्था अनुरूप संघिष शिक्षा ऐन पनि निर्माण एवं लागू गर्नु पर्छ ।

(ख) संक्रमनकालिन न्याय
नेपालमा २०६२ फागुन ०१ गतेबाट २०६३ मंसिर ५ गते बृहद शान्ति सम्झौतामा हस्ताक्षर हुनसम्म जनयुद्व भएको हो । त्यहि जनयुद्वको जगमा १९ दिने दोस्रो जनआन्दोल भएको हो । यसैको बलमा नेपालमा निरंकुस सामन्ति राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र त्यसका ठाउँमा ‘संघिय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ स्थापना भएको हो । त्यस युद्वमा सरकारी तथ्याङ्क अनुसार दुवै पक्ष–राज्यपक्षबाट करिब साढे बाह्र हजार र विद्रोही तत्कालिन नेकपा माओवादी पक्षबाट करिब साढे पाँच हजार मानिस मारिएका छन् । कैयौ बेपत्ता तथा अंग भंग पारिएका छन् । उनीहरू– अन्तराष्ट्रिय जेनेभा महासन्धी अनुसार बाहेक अन्यतरिकाले पिडित बनाईएकाहरूलाई संक्रमणकालिन न्याय पाउनु पर्छ र टुंग्याउनु पर्छ। त्यसका लागि (१) सत्यनिरूपन आयोग ऐन र (२) बेपत्ता नागरिक छानविन आयोग ऐन निर्माण गरि कार्यान्वयन गर्नुपर्छ ।

(ग)सुशासन र समृद्वि वर्गसंघर्षको थालनी
सुशासन र समृद्वि भनेको अहिलेको व्यवस्थालाई संस्थागत गर्दै यो व्यवस्थालाई अझ अघि बढाउने योजना हो । यो योजना निर्माण तथा कार्यान्वयन गर्नु भनेको मन्दगतिमा वर्गसंघर्ष सञ्चालन गर्नु हो। अहिलेको दलाल पुँजीपति वर्गले सुशासन र समृद्विको अवरोध गर्छ र श्रमजीवि एवं परिवर्तन पक्षधरले विकास एवं लागू गर्छ । यहि मुद्वामा दुई वर्गविच घमाशान टकराव हुन्छ ।

सुशासन र समृद्विनै समाजवादमा जाने आधार हो । अर्थात यो नै समाजवादी क्रान्तिको कार्यदिशा कार्यन्वयन गर्न आधार समेत हो । यो काम पूरा गरे पछि उत्पादन प्रणालीका बारेमा निर्णायक संघर्ष हुन्छ । यो वर्गसंघर्षमा पुँजीपति वर्ग यहि पुँजीवादी–व्यक्तिवादी उत्पादन प्रणाली कायम राख्न बल गर्ने छ । श्रमजीवि वर्ग यो विद्यामान पुँजीवादी उत्पादन प्रणालीलाई भत्काएर त्यस ठाउँमा वैज्ञानिक समाजवादी उत्पादन प्रणाली कायम गर्न बल गर्नेछ । यो नै अबको समाजवादी व्यवस्था निर्माणका लागि वर्ग संघर्ष हुनेछ ।

– वर्गसंघर्ष : वर्ग संघर्ष भनेको दुई फरक वर्गका विचमा उत्पादन प्रणालीमा आधारित हुने संघर्षलाई भनिन्छ । समाजमा विद्यामान गरिखाने वा हुदा खाने शासित र शोसित वर्ग र बसिखाने वा हुनेखाने शासक–शोसक वर्ग छ । यी दुई फरक समूह वा वर्गका विचमा राज्यसत्ता वा व्यवस्थाका निमित्त हुने संघर्ष वा टकरावलाई वर्ग संघर्ष भनिन्छ । यो संघर्ष मुख्यगरी राज्यसत्ताको आधार(जग) मानिने उत्पादन प्रणालीका बारेमा हुन्छ ।

यो सुरूमा सुशासन कायम गर्न र समाजलाई समृद्विको दिशातर्फ लैजान मन्द गतिमा संघर्ष हन्छ । अन्तिममा निर्णायक तरिकाले समृद्व समाजमा वैज्ञानिक समाजवादी उत्पादन प्रणाली कायम गर्न संघर्ष हुन्छ । मन्दगतिको वर्गसंघर्ष शान्तिपूर्ण हुन्छ । तिव्रगतिको वर्गसंघर्ष रक्तपातपूर्ण हुन्छ । यसैलाई वर्गसंघर्षका विभिन्न रूपहरू भनिन्छ र यस्तै हुन्छ । यसमा हामी वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन संघर्ष गर्छांै । हाम्रो संघर्षमा अहिले विद्यामान राज्यसत्ता वा व्यवस्थाले दमन गर्छ ।


हाम्रो श्रमजीविवर्गले मानव समाजमा समानताका लागि गरेको न्यायपूर्ण तरिकाले गरेको संघर्षमाथि राज्यसत्ताले अन्यायपूर्ण तरिकाले दमन गर्छ । हाम्रो न्यायपूर्ण आन्दोलन वा संघर्षले अन्यायपूर्ण दमनको डटेर सामना एवं प्रतिरोध संघर्ष हुन्छ । अनि राज्यसत्ता प्रतिरोधपूर्ण न्याय र मुक्तिका लागि गरिएको प्रतिरोधी संघर्षमाथि रक्तपातपूर्ण नरसंहारमा उत्रिन्छ । यसमा पनि गरिखाने श्रमजीवि सत्ताहिन शासित वर्गले निर्णायक वर्गसंघर्ष गर्छ र विजय प्राप्त गर्छ । यसको मुख्य कारक राज्यसत्ता हुन्छ । जनताको त विद्रोहको अधिकार हो । यो वर्ग संघर्षमा मुख्यतया गरिखाने श्रमजीवि शासित वर्गमाथि राज्यसत्ताले बसिखाने शोसित एवं सत्तासिन वर्गले जुन स्तरमा दमन गर्छ । प्रतिरोध संघर्षको रूप र स्तर पनि त्यहि अनुरूप हुन्छ ।

अर्ध सामन्ती र अर्ध उपनिवेसिक अवस्था जस्तो अहिलेको पुँजीवादी व्यवस्थाको विशेषताका कारण सुरूमै रक्तपातपूर्ण दमन सहन नपर्ने भएका कारण वर्गसंघर्षको रूप पनि तिव्र गतिमा नभएर मन्दगतिमा र शान्तिपूर्ण हुन्छ । अन्ततः वैज्ञानिक समाजवादी उत्पादन प्रणालीमा प्रवेश गर्दा बहाल रहेको पुँजीवादी उत्पादन प्रणालीका पक्षधर पुँजीपति वर्ग जनसंघर्षमाथि सत्तासिन पुँजीपति वर्गले दमन गर्छ । श्रमजीविवर्गले राज्यद्वारा गरिएको दमनको प्रतिरोध गर्छ र उत्पिडित वर्गले दमनका विरूद्व प्रतिरोपूर्ण संघर्ष गर्दा राज्य रक्तपातपूर्ण नरसंहार समेतमा उत्रिन्छ ।

यो समाज विज्ञानको नियम हो । यो नियम विरूद्व कोहि जान सक्दैन । वर्ग संघर्षको विविधरूप यहि बेलामा प्रयोग हुन्छ । वर्गसंघर्ष यति पेचिलो हुन्छ, कि समाजवादी आन्दोलनमा विभिन्न कारणले समेटिएका तर बसिखाने शासक वर्गमा पर्नेहरू फर्किएर दमन र रक्तपातपूर्ण नरसंहारका पक्षमा उभिने छन् । अर्को कुरा डर छेरूवा कायरहरू राज्यसंग आत्मसमर्पण गर्नेछन्, भने भ्रमित भएर पुँजीवादी उत्पादन प्रणालीका पक्षमा उभिएकाहरू भ्रममुक्त भए पछि वैज्ञानिक समाजवादी उत्पादन प्रणालीका पक्षमा उभिने छन् । त्यतिबेलाको वर्ग संघर्षको रूप रक्तपातपूर्ण प्रतिरोध संघर्षको हुनेछ । त्यो नै निर्णायक संघर्ष हुनेछ ।

(घ) वर्ग संघर्ष अनुरूप साधनको संगठनात्मक ढाँचा अनिवार्य
सर्वहारा श्रमजीवि वर्गको कम्युनिष्ट पार्टी नै वर्ग संघर्षको नेतृत्व गर्ने निर्णायक साधन हो । यहि साधनको निष्र्कषमा वर्ग संघर्षका कार्यक्रम निर्धारण गरिन्छ र त्यहि संघर्षले कार्यक्रम अनुसार विभिन्न रूप निर्धारण गर्दछ । पुँजीवाद प्राप्तिका लागि संघर्ष गर्दा साधन (पार्टी)को सांगठानिक ढाँचा पुँजीवादी हुन्छ । समाजवादी व्यवस्थाका लागि गरिन संघर्षको साधन (पार्टी)को ढाँचा पनि समाजवादी हुनुपर्छ । संगठनात्मक सिद्वान्त लेनिनवादी नै हुन्छ । तर ढाँचा वैज्ञानिक समाजवादी उत्पादन प्रणालीमा आधारित हुन्छ । समाजमा विद्यामन कम्युनिष्ट पार्टी समाजवादी हो कि पुँजीवादी भनेर छुट्याउने सैद्वान्तिक आधार उत्पादन प्रणाली हो । दोस्रो आधार भनेको व्यवहार हो । त्यो व्यवहार भनेको परिचालन हुने सांगठानिक ढाँचा हो ।

त्यसकारण यदि उनीहरूले समाजवादी व्यवस्थाको लक्ष्य राखेका छन् भने त्यस्ता पार्टी संद्वान्तिक रूपमा समाजवादी हुन् । र त्यो पार्टीको सांगठानिक ढाँचा पनि समाजवादी छ र त्यहि अनुसार संघर्षमा परिचालन छ, भने व्यवहारिक रूपमा पनि समाजवादी हो भनी बुझ्नु पर्दछ । नेपालमा विद्यामान कम्युनिष्ट पार्टीहरू सैद्वान्तिक रूपमा त समाजवादी हुन्। तर व्यवहारिकरूपमा यी पार्टीहरू समाजवादी नभई पुँजीवादी हुन् ।

२ पार्टीको सांगठानिक ढाँचा कसरी छुट्याउने ?
(क) पुँजीवादी साँगठानिक ढाँचा
पार्टीको पुँजीवादी सांगठानिक आधार भनेको पुँजीवादी उत्पादन प्रणाली हो । व्यक्ति केन्द्रित विशेषता पुँजीवादी सांगठानिक ढाँचा हुन्छ । नेतृत्व केन्द्रिकरण भनेको सामुहिक नेतृत्वमा केन्द्रिकरण भनियता पनि त्यसको आधार पुँजीवादी उत्पादन प्रणाली हुने हुदा त्यो व्यक्ति नै निर्णायक हुन्छ । परिणामस्वरूप प्राधीकारपूर्ण नेतृत्व हुन्छ । विशेष समयमा नेतृत्वमा रहेको एकल व्यक्तिले नै निर्णायक निर्णय गर्छ । त्यो नेतृत्वको निर्णयको सफलता उ नै देवत्वकर हुन्छ र विफलमा पनि उ नै राक्षसीकरण हुन्छ । अर्काे अर्थमा समुदायले छनौट गर्ने, छनौट भएका प्रतिनिधिले निर्णय गरेपछि समुदायले लागू गर्ने ढाँचालाई पुँजीवादी सांगठानिक ढाँचा भनिन्छ । यो अल्पमतको बहुमतमाथि शासन गर्ने अलोकतान्तिक पुँजीवादी सांगठानिक ढाँचा (प्रणाली) हो ।

(ख) समाजवादी सांगठानिक ढाँचा
समाजवादी पार्टीको साँगठानिक ढाँचा (प्रणाली)को आधार भनेको वैज्ञानिक समाजवादी उत्पादन प्रणाली हो । यसको समुदायमा केन्द्रित विशेषता भएको समाजवादी सांगठानिक ढाँचा हुन्छ । नेतृत्व केन्द्रिकरण भनेको सामुहिक नेतृत्वमा आधारित हो । यश प्रणाली (ढाँचा)को आधार समाजवादी उत्पादन प्रणाली हुने हुदा यसमा समुदाय नै निर्णायक हुन्छ । यसमा निर्णयमा समुदायले अधिकार राख्छ ।

कार्यान्वयनमा कार्यसमितिले अधिकार राख्दछ । समसदायले निर्णय गर्ने र चुनिएका प्रतिनिधिले लागू गर्ने भएकाले त्यो निर्णयको सफलताको जस समुदायले लिन्छ र विफलमा अपजस पनि समुदायले लिन्छ । अर्काे अर्थमा समुदायले निर्णय गर्ने र छनौट भएका प्रतिनिधिले कार्यन्वयन गर्ने ढाँचालाई समाजवादी सांगठानिक प्रणाली (ढाँचा) भनिन्छ । यो बहुमतले अल्पमतमाथि शासन गर्ने समानतामा आधारित लोकतान्तिक र समाजवादी सांगठानिक प्रणाली (ढाँचा) हो । साभारः अग्रिम साप्ताहिक