
तुलसीपुर, १५ मंसिर । दाङमा बिभिन्न पार्टी परित्याग गरि ६ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शनिबार नेकपा माओवादी केन्द्र तुलसीपुर ९ को तेस्रो वडा अधिवेशनका क्रममा काँग्रेसबाट मिनराज महतारा र एमालेका युवा नेता इन्द्र केसी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा अपारले स्वागत गरेका हुन् । त्यस्तै बबई गाउँपालिका वडा नं. १ बाट चार जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
काँग्रेस परित्याग गरि विवस घर्ती मगर, कमल घर्ती, शसिराम घर्ती र एकीकृत समाजवादी परित्याग गरि थुमान पुन माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्की(राजेश)ले स्वागत गरेका हुन् ।



लाइभदाङ । १५ मंसिर २०८१, शनिबार २१:५० बजे