भालुबाङ, १४ मंसिर ।
नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा दिलमाया घर्ती मगर चयन हुनुभएको छ। शुक्रबार सम्पन्न वडाको तेस्रो सम्मेलनबाट घर्ती मगर अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।
त्यस्तै सम्मेलनले घर्तीको अध्यक्षतामा १५ सदस्य नयाँ वडा कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा खगेश्वर गिरी, सचिवमा मान बहादुर रोका, सह–सचिवमा इराधा झाक्री मगर र कोषाध्यक्षमा गङ्गा गिरी चयन हुनुभएको छ, भने सदस्यहरुमा भिमप्रकाश रोका,हिम बहादुर मास्के,रेखा गुप्ता,दिपक सुनार,बेगम केएम ,इश्वरी गाहा मगर लगायत रहनु भएको छ।
नेकपा माओवादी केन्द्र राप्ती गाउँँपालिका वडा नम्बर १ का अध्यक्ष तपराज आचार्यको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष लुमाकान्त न्यौपाने “सागर”को प्रमुख आतिथ्यता सम्पन्न भेलामा पार्टीका केन्द्रीय बैकल्पिक सदस्य होम प्रसाद शर्मा,प्रदेश सचिवालय सदस्य टोप बहादुर कार्की ,प्रदेश कमिटी सदस्य श्यामेस चौधरी,गाउँ कमिटी अध्यक्ष नारायण शर्मा,जन वर्गीय संगठनका पदाधिकारी लगायत वडाका पार्टी सदस्यहरुको उल्लेख सहभागीता रहेको थियो ।
मंसिर २८ गते गाउँ कमिटीको अधिवेशन तय गरेको पार्टीले सोही अधिवेशन तयारीको लागि वडाका सम्मेलन शुरु गरेको छ।
लाइभदाङ । १४ मंसिर २०८१, शुक्रबार २२:५६ बजे