तुलसीपुर, १३ मंसिर ।
अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष एकराज भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्यापन गराउने विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । आर्थिक अबस्था कमजोर भएका बालविकास देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई छनोट गरि शैक्षिक सामग्री सहयोग गरिएको हो ।
पढाइमा थोरै भएपनी टेवा पुगोस भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको अध्यक्ष भण्डारीले बताए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टेवा प्रसाद चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष झग्गु प्रसाद अधिकारी, विद्यालयका प्रधानाध्यापक रुपेश गुप्ता, लगायत विद्यालयका शिक्षकहरुको सहभागितामा उक्त कार्य गरिएको हो ।
उनले यो कार्यलाइ आगामी बर्षमा पनि तुलसीपुरका अन्य बिधालयहरुमा पनि निरन्तरता दिने समेत घोषणा गरेका छन । साथै उनले कक्षा ८ का विद्यार्थीहरुलाइ विद्यालय समय बाहिर एक महिनाको अंग्रेजी बिषयको नि:शुल्क रेमिडेयल कक्षा समेत संचालन गर्ने जनाएका छन ।
समाजमा निराशाको कारण धेरै समस्याहरु देखापरिरहेको अबस्थामा आफुले पढने चाहना राखेमा आर्थिक अबस्था बाधक नबन्ने र सहयोगी हातहरु हातेमालो गर्न तयार रहने उनको तर्क रहेको छ । साथै बालबालिकाहरुमा देखिएका मानसिक समस्या निराकरणमा समेत क्लबले आफ्नो स्थापना कालदेखिनै मोटिभेसनल र मनोसामाजिक परामर्श लगायतका कार्यहरु गर्दै आएको समेत उनले बताए । उनले आफू अध्यक्ष रहेको क्लबका अन्य पदाधिकारी एवं सदस्यहरुलाइ समेत यस्तै फरक कार्य गरि जन्मोत्सव मनाउने वातावरण बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन ।
उक्त कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टेवा प्रसाद चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष झग्गु प्रसाद अधिकारी, प्रधानाध्यापक रुपेस गुप्ताले जन्मोत्सवको शुभकामना सहित अन्य शिक्षक हरुलाइ पनि अन्य खानपिन र रमाइलोमा भन्दा यस्तै उदाहरणिय कार्य गर्न र विद्यालयमा यस्तै अवसर पारेर एउटा कोष समेत खडा गर्ने र उक्त कोष विद्यार्थीहरुकै हकहित र भैपरी आउने घटनामा प्रयोग गर्न सकिने बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक प्रतिनिधि यज्ञ बहादुर के.सि. ले गर्नु भएको थियो ।
लाइभदाङ । १३ मंसिर २०८१, बिहीबार २१:४० बजे