तुलसीपुर,१२ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले आफूखुसी बढुवा गरेका ४३ जना कर्मचारीले खाएको तलब असूल गर्नुपर्ने महालेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ ।
उपमहानगरपालिकाले कानुन बनाएर बिभिन्न पदमा रहेका ४३ जना कर्मचारीलाई बढुवा गरेको थियो । ति कर्मचारीले आर्थिक बर्ष २०७९/०८० मा खाएको ५ लाख २९ हजार ३ सय ९९ रुपैँया असूल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
लुम्बिनी प्रदेश लोकसेवा आयोग ऐन २०७५ को दफा १० को व्यबस्था प्रतिकुल हुने गरी उपमहानगरपालिकाले कर्मचारी बढुवा गरेको थियो ।
संवैधानिक ब्यबस्था बमोजिम स्थानीय सेवा ऐन नबनेको र प्रदेश लोकसेवाबाट परामर्श समेत नलिएकाले उक्त स्तरबृद्धि कानुन बमोजिम नभएको उल्लेख छ ।
लाइभदाङ । १२ मंसिर २०८१, बुधबार १३:४१ बजे