बबई ३ मा लक्षित वर्गहरुका लागी नि:शुल्क एम्बुलेन्स सेवा सुभारम्भ  

देव राज कँडेल
हापुरे, ८ माघ । 
दाङको बबई गाउँपालिका वडा नम्बर ३ मा निर्माण सम्पन्न १५ सैयाकाे अस्पताल यथासिघ्र सञ्चालनमा ल्याउन एक कार्यक्रमका बक्ताहरुले जाेड दिएका छन् । बबई गाउँपालिका वडा नम्बर  ३ हंसपुरमा रहेको पुरन्धारा स्वास्थ्यदचाैकिले आयाेजना गरेकाे लक्षित वर्गहरुका लागी नि:शुल्क एम्बुलेन्स सेवा सुभारम्भ कार्यक्रममा बाेल्ने बक्ताहरुले एम्बुलेन्स भन्दा पहिला अस्पताल सञ्चालन गर्न स्थानिय सरकारलाई अनुराेध गरेका छन् ।
बबई गाउँपालिका वडा नम्बर ३ काे आर्थिक सहयाेग तथा पुरन्धारा स्वास्थ्य चाैकिकाे आयाेजनामा सुभारम्भ भएको लक्षित वर्गहरुका लागी नि:शुल्क एम्बुलेन्स सेवा अन्तर्गत पहिलाे चरणमा बबई  गाउँपालिका वडा नम्बर ३ का ६० वर्ष माथिका सबै जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला तथा  क र ख वर्गका अपांग ब्यक्तिहरुले दाङ जिल्ला भित्रमा  नि:शुल्क एम्बुलेन्स सेवा लिन सक्ने पुरन्धारा स्वास्थ्य चाैकीका प्रमुख सरदराज गिरिले जानकारी दिनुभयो ।
बबई गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मान बहादुर केसीकाे अध्यक्षता, बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्काकाे प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका निबर्तमान अध्यक्ष भुवनेश्वर पाैडेलकाे बिशिस्ट आतिथ्यतामा लक्षित वर्गहरुका लागी नि:शुल्क एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रम सम्पन्न भएको हाे ।
बबई ३ का वडा सदस्य खड्क बहादुर खड्का, वडा सचिव सम्झना चन्द, बबई २ का वडा सदस्य प्रेमा बुढाथोकी, नेकपा एमाले बबईका अध्यक्ष टंकराज बिश्वकर्मा,नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि जयलाल वली,नेकपा एमाले बबई ३ का अध्यक्ष, रत्नलाल खड्का, जनता माबि हंसपुरका पुर्व विद्यालय ब्यबस्थापन समिती अध्यक्ष चुर्ण बहादुर राणा,जेष्ठ नागरिक संघ बबई ३ का अध्यक्ष गंगाधर कडेल, रेडियो हापुरेका स्टेसन मेनेजर रामप्रसाद सुवेदी समाजसेवी नेब बहादुर खड्का  लगायतकाले बाेल्नुभएकाे थियाे ।
पुरन्धारा स्वास्थ्य चाैकीका  सि अहेव नबिन प्रसाद डाँगीकाे स्वागत मन्तब्यबाट सुरु भएको  कार्यक्रमकाे सञ्चालन पुरन्धारा स्वास्थ्य चाैकीका प्रमुख सरदराज गिरिले गर्नुभएको थियाे ।