दाङ, ६ मङ्सिर । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा(अपार)लाई मातृशोक परेको छ ।
उनकी आमा अवि शर्माको आज(विहीबार)विहान साढे १ बजेतिर निधन भएको हो । १९८० सालमा जन्मिएकी उनको १०१ बर्षमा निधन भएको हो । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. १४ निवासी उनले जीवनमा कठीन संघर्ष गरेको वुहारी सुनिता शर्मा(रोकाय)ले बताईन ।
“आफ्ना सन्ततिलाई पनि न्यायको पक्षमा उभिन सिकाउनु भयो। आफ्ना छोराछोरी लगायत सबैलाई संधै प्रेरणा दिएर उत्साहित बनाउनु भयो।”,उनले भनिन् “ आफ्नो छोरा क्रान्ति र परिवर्तनको बाटोमा हिड्दा निरन्तर प्रेरित र सहयोग गरिरहनु भयो ।”
उनको अन्त्येष्टी रुकुममै गरिनेछ ।
लाइभदाङ । ६ मंसिर २०८१, बिहीबार ०७:५५ बजे