तुल बहादुर कवँर मगर
सिसहनियाँ ३, मंसिर ।
दाङको राप्ती गाउँपालिका वडा नं.८ पिपरीमा संचालित टोल स्तरीय विभिन्न खेलकुद प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने नारा सहित वडा कार्यालयको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता अन्तर्गत भलिबल,फुटबल र क्रिकेट प्रतियोगीता सम्पन्न भएको हो ।
जस अन्तर्गत ६ टोल सहभागी भलिवल पुरुष प्रतियोगिता तर्फ बिजौरी टोल प्रथम र शंकर टोल द्धितिय भएका छन्, भने ४ टोल सहभागी महिला भलिवल तर्फ बिजौरी टोल प्रथम र इन्द्रेणी टोल द्धितिय भएका छन्।
त्यस्तै ७ टोल सहभागी पुरुष फुटबल प्रतियोगितामा सगरमाथा टोल प्रथम र शंकर टोल द्धितिय भएका छन् । त्यसैगरी ६ टोल सहभागी पुरुष क्रिकेट प्रतियोगितामा बिजौरी टोल प्रथम र शान्ति टोल द्धितिय भएका छन् ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीहरुलाई क्रमश १३ हजार र १० हजार नगदसहित कप र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा सागर बुढालाई अनुशासित र उत्कृष्ट खेलडीको रुपमा छनोट गरि कप र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको छ।
कार्यवाहक वडा अध्यक्ष चम्फा पुन मगरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले खेलकुदले युवाहरूलाई अनुशासित, स्वास्थ्य र सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र निर्माणमा योगदान महत्त्वपूर्ण पुर्याउने बताउनु भएको थियोे ।
त्यस्तै उहाँहरुले आगामी दिनमा पनि यस प्रकारका खेलकुद प्रतियोगिताहरु वडा र पालिका स्तरीयमा सञ्चालन गरि सक्षम खेलाडी उत्पादन गर्ने समेत बताउनुभयो। प्रतियोगिता गत कार्तिक ३० गतेदेखि मंसिर २ गते सम्म चलेको थियो ।
लाइभदाङ । ३ मंसिर २०८१, सोमबार १०:४० बजे