दंगीशरणमा पालिका स्तरीय २ दिने पोषण समिक्षा

दंगीशरण, २८ कार्तिक ।
दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आथिक वर्ष २०८०/२०८१ को पालिका स्तरीय २ दिने पोषण समिक्षा तथा योजना तर्जुमा गोष्ठीको आज एक कार्यक्रमका विच दंगीशरण गाउँपालिकाको सभाहलमा समापन गरीएको छ ।

गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामक गोष्ठीको समापन गरीएकोहो ।समिक्षा कार्यक्रममा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुले एकबर्ष भित्रको पोषणको अवस्था तथा बार्षिक गतिविधिवारे जानकारी गराएका थिए ।

समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्वास्थ्य मानव जिबनको अभिन्न अङ्ग रहेको र त्यसमा पनि अझ ब्यक्ति स्वस्थ रहन पोषण प्रमुख तत्तव रहेको उल्लेखगरे


अर्को प्रसङ्गमा अध्यक्ष गिरीले पछिल्लो समय नसर्ने रोगले जडा गाडेकोप्रती इङ्गितगर्द स्वस्थ खानपान र निरोगि जिबनसैलीप्रती सचेत गराउन स्वास्थ्यकर्मिहरुलाई आग्रह गरे ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय दाङका भानुज्योती वलिले गाउँपालिकामा पोषण अन्तर्गत बालबिटा खुवाउने कार्यक्रममा कमि देखिएता पनि समग्रमा पोषणमा राम्रो भएको उल्लेख गरे । यस्तै वलिले स्वास्थ्यकर्मीले गरेको कामको रेकर्ड सहिरुपले राख्न सक्नुपर्ने बताए । स्वास्थ्यकर्मिले काम गरेपछी समयमा रिपोर्टिङ गर्नु प्रमुख कुरा रहेको समेत उल्लेख गरे ।