तुलसीपुर, २५ कात्तिक । दाङको तुलसीपुर स्थित लक्ष्मी होम डेकोरले ग्रहाकलाई पुरस्कार दिएको छ ।
विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा ग्राहकहरूलाई पुरस्कार प्रदान गरेको हो । डेकोरेशनका सामग्री खरिद गरे वापत कुपन प्रदान गरिएको र सोही आधारमा विजेता घोषणा गरि पुरस्कार प्रदान गरिएको हो ।
जसमा कमल थापाले तेस्रो पुरस्कार नगद पाँच हजार , दोस्रो पुरस्कार सुशिला बस्नेतले सिङ्गल दराज र प्रथम पुरस्कार सोफा र टि टेबल दीपिका बस्नेतले प्राप्त गरेकी थिइन् । पुरस्कारको आइतबार एक कार्यक्रम गरि वितरण गरिएको हो ।
डेकोरका सञ्चालक हरि प्रसाद ओलीको अध्यक्षतामा तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनिल केसीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा सञ्चालक वलीले आगामी दिनमा पनि यस्ता अफरहरु ल्याउने बताए । उनले विगतमा पनि कोरोना महामारी होस्, वा अन्य आपतविपदमा पनि सामाजिक कार्य गर्दै आएको समेत बताए ।
लाइभदाङ । २५ कार्तिक २०८१, आईतवार २१:४१ बजे