राजपुर बृहत खेलकुद महोत्सव शुक्रबार सम्पन्न

सागर रोका,

देउखुरी दाङ १५ फागुन ।

राजपुर गाउँपालिका वडा नम्बर-५ जंग्रहवा नयाँ बस्तीको खेलमैदानमा संचालन रहेकोे राजपुर बृहत खेलकुद महोत्सव २०७८ शुक्रबार सम्पन्न भएको छ । त्यस्तै उक्त खेलकुद महोत्सव बिहीबार सम्पन्न हुने आयोजकले भनेपनि विविध कारणले गर्दा शुक्रबार मात्र खेल कार्यक्रम सम्पन्न भएको हो ।

फाल्गुन ७ गतेदेखि उद्घाटन तथा संचालन भएको उक्त महोत्सवमा जिल्ला स्तरीय क्रीकेट खेलको फाइनल खेल देउखुरी क्रीकेट क्लब र घोराही क्रीकेट एकेडेमी बीचमा भएको थियो । घोराहीले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो । त्यस्तै गरेर घोराहीले आफ्नो २० ओभरमा ५ विकेट गुमाएर १४८ रन बनाउन सफल भएको थियो । भने सो खेलमा विराट भण्डारीले ५४ बलमा ३४ रन बनाउन सफल भएका थिए । भने त्यस्तै देउखुरी क्रीकेट क्लबले १४९ रनको लक्ष्य लिएर खेल मैदानमा उत्रिएको थियो । आफ्नो निर्धारिक समय भित्र कुल २० ओभरमा ५ विकेट गुमाएर जम्मा १३४ रन मात्र बनाउन सफल भएको थियो ।


उक्त खेलमा अर्पण सेनचुरीले ४३ बलमा ४४ रन बनाउन सफल भएको थियो । सो फाइनल खेलमा घोराही क्रीकेट एकेडेमीले देउखुरी क्रीकेट एकेडेमी क्लबलाई १४ रनले पराजित गरेर पहिलो पुरस्कार आफ्नो हातमा पार्न सफल भएको खेलकुदका सहायक व्यवस्थापक अमृत खड्काले जानकारी दिनु भयो थियोे । त्यस्तैगरी राजपुर गाउँपालिका स्तरीय क्रीकेट खेलमा राजपुर गाउँपलिका वडा नम्बर-७ भने पहिलो स्थानमा प्राप्त गर्न सफल भएको थियोे ।

भने वडा नम्बर-१ ले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । भने यस्तै गरेर पालिका स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर-५ सालभौरी प्रथम भएको थियोे भने सोही वडा नम्बर-५ जंग्रहवा भने दोस्रो स्थानमा प्राप्त भएको छ। र वडा नम्बर-६ राजपुर तेस्रो स्थानमा प्राप्त भएको थियोे । भने यस्तै गरेर पालिका स्तरीय भलिबल प्रतियोगितामा भने राजपुर वडा नम्बर-७ भैसाही नाका भने प्रथम स्थानमा सफल भएको थियोे भने वडा नम्बर-४ भने दोस्रो स्थानमा सफल भएको र वडा नम्बर-६ खाङ्ग्रा नाका भने तेस्रो स्थानमा सफल भएका थिए । भने यस्तै ब्याडमिन्टनमा पहिलो अभिनास केसी,सालिक भण्डारी, दोस्रोमा बिष्णु गिरी,अर्जुन दुवे तेस्रो दिपक कुमार राना,बिशाल रिजालले प्राप्त गर्नु भएको खेलकुदका सहायक व्यवस्थापक अमृत खड्काले जानकारी दिनु भयो ।

महोत्सवका संयोजक तथा वडा नम्बर ५ क वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको तथा उपाध्यक्ष धनपतीदेवी यादवको विशेष आतिथ्यतामा सम्पन्न भएको थियोे । भने कार्यक्रमका प्रमुख अतिथि केसीले खेल खेल्नको लागि पहिले खेलाडीहरुमा पहिलो कुरा त अनुशासन हुनु जरुरी रहेको गाउँपालिका का अध्यक्ष केसीले जानकारी दिनु भएको थियोे ।