अमृतपुर सामाजिक उद्यम सहकारीले मनायो हिंसा विरुद्धको दिवस

सुशील बस्नेत
दाङ,२४ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान १० डिसेम्वर अर्थात मसिंर २४ गतेका दिन सकिएको छ ।  लैङिक हिंसा बिरुद्धको १६दिवस अभियानका सन्र्दभमा अमृतपुर सामाजिक उद्यम सहकारी संस्था तुलसीपुरले लैङिक हिंसा न्यूनिकरण बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा घरैदेखि शुरु गरौ,महिला बिरुद्धको हिंसा अन्त्य गरौ, घर र समाजको ऐक्यबद्धता,लैङिक हिंसा बिरुद्ध सुन्य सहनशीलता भन्ने नारा समेटिएको अबधारण पत्र पत्रकार एब अधिकारकर्मी सुशील बस्नेतले प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष टेकनाथ कुँवरको अध्यक्षता एबम सव डिभिजन कार्यालय तुलसीपुरका प्रमुख कमलप्रसाद पुनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा सम्बोधन गर्नुहुदै पुनले महिलाहरुको आत्म सम्मानमा चोट पुग्ने कार्य भईनै रहने भएकाले आजैका दिनबाट हटाउनुपर्ने बताउनुभयो ।


कार्यक्रममा सामुदायिक बन महासंघ नेपाल दाङका पूर्ब अध्यक्ष शोभाकर सापकोटाले प्रत्येक ब्यक्तिले म हिंसा गर्दैन भन्दै आफैबाट परिवर्तन गर्नुपर्ने बताउनुभयो । हिंसामा बढि जिम्मेवार पुरुष भएपनि केही अंश महिलाको पनि रहेको बताउनुभयो । तुलसीपुर उपमहानरपालिका वडा नम्वर ८ का सदस्य पबित्रा काफ्ले र वडा नम्वर ९ का वडा सदस्य डम्वर पुरी,सामाजिक अभियान्ता केशव सापकोटा,ओरेक नेपालकी सामाजिक परिचालक पुजा बिक,सामुदायिक बनकर्मी सर्मा चौधरी लगायतले परिवारबाटै हिंसा बढी हुने गरेको बताउनुभयो ।

पुरुषमाथि हुने हिंसाका घटना सुन्यमा आएको समेत बताएको उहाँहरुले हानिकारक परम्पराका कारण महिंला माथि हिंसा बढि पुरुषबाट हुने गरेको बताउनुभयो । त्यसअवसरमा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष बिष्णु पाण्डेले गर्नुभएको थियो भने सहजिकरण सामुदायिक बन अधिकारकर्मी भूपबहादुर केसीले गर्नुभएको थियो ।