तुलसीपुर
२४ मंसीर / दाङको तुलसीपुरमा पहिलो पटक प्याराग्लाईडिङ परीक्षण भएको छ ।
तुलसीपुर ३ अम्बासमा पहिलो पटक प्याराग्लाईडिङको सफल परिक्षण गरिएको हो । तुलसीपुरमा विहीबारदेखि सुरु भएको प्रथम प्रादेशिक फेष्टिभल २०७८ अन्तर्गत प्याराग्लाईडिङ सेवा पनि सुरु भएको हो ।
प्याराग्लाईडिङ तथा हेलिकप्टर व्यबस्थापन समितिका संयोजक हेविन्द्रशाहीका अनुसार अम्बासबाट पहिलो पटक चार वटा प्याराग्लाईडिङको परीक्षण गरिएको हो ।
अम्बासबाट उडान सुरु गरेको प्याराग्लाईडिङलाई सिरखोलामा ल्यान्डिङ गर्ने गरिएको छ । साथै एक पटकको प्याराग्लाईडिङको शूल्क सात हजार पाँच सय रुपैया तोकिएको छ । सुरक्षित र आरामदायी भएकाले सबैलाई सहभागि हुन समेत शाहीले अनुरोध गरे ।
उक्त महोत्सव २९ गतेसम्म सञ्चालन हुनेछ ।
लाइभदाङ । २४ मंसिर २०७८, शुक्रबार १२:४४ बजे