सामुहिक प्रयासले मात्र शिक्षा क्षेत्र मजबुत हुन्छ: प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
लमही, १९ पुष ।  लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी र अभिभावकहरुको सामुहिक प्रयासले मात्र शिक्षालाई मजबुत गराउन सकिने बताउनु भयो ।

शिक्षाको गुणस्तर बृद्धिमा सबै एकजुट भएर लाग्न सके मात्र हामीले शैक्षिक क्षेत्रको सुधार गर्न सक्छौं, एउटा पक्षको मात्र प्रयासले शैक्षिक गुणस्तर सुधार हुन नसक्ने भएकाले सम्पूर्ण पक्षको भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘विद्यालयमा टीम वर्क आवश्यकता छ । नगरको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा समिति गम्भिर रहनुपर्ने पनि हुन्छ । अंक र ग्रेडले मात्र मूल्यांकन गर्ने चलन छ । तर अंक र ग्रेडले मात्र सबै कुराको निर्धारण हुँदैन ।’

सबै शैक्षिक संस्थाहरुले आफ्ना कमीकमजोरी सच्याउँदै अघि बढ्नु पर्छ ।’ ‘भएका साधनस्रोतको अधिकतम उपयोग गर्नुपर्ने हुन्छ । शिक्षकको एक्लो प्रयासले मात्र शैक्षिक गुणस्तर सुधार हुन नसक्ने भएकाले सामूहिक प्रयास आवश्यक रहेको छ ।’


कार्यक्रममा लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीले सम्पूर्ण शैक्षिक गुणस्तर सुधार गर्न चुनौतिपूर्ण रहेकोले यो विषयमा सबै सचेत हुन् जरुरि रहेको बताउनु भयो । उहाँले अभिभावक, विद्यार्थी, तेस्रो पक्षलाई मात्र दोष दिएर मात्र समस्या समाधान हुन नसक्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख योगीले अभिभावकको जिम्मेवारी महत्वपूर्ण रहेकाले अभिभावकलाई पनि जागरुक बनाउनुपर्नेमा जोड दिदैँ, शिक्षकसँगै अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

पाँचौं वार्षिक उत्सव कार्यक्रम सम्पन्न
लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित गोरखा मोडेल सेकेण्डारी स्कुलको पाँचौं वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीदाता, अभिभावक, शिक्षकलाई सम्मान, उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत साथै विद्यालयका विभिन्न अक्तिरिक्त क्रियाकलाप र खेलकुदमा प्रथम, द्धितिय, तृतिय र सान्तवना स्थान हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्दै वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गरिएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक प्रतिबेदन विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कलात्मक तथा मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता तथा विद्यालय संचालक समितिका अध्यक्ष डोरबहादुर जिसीको अध्यक्षतामा भएको समापन कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी (सागर) १ नं.का वडाध्यक्ष दामोदर पौडेल, गोरखा ग्रुपका सिओ नवलसिंह घर्ती, प्यासन दाङका जिल्ला अध्यक्ष मधुसुदन केसी, मनोपरामर्षश केन्द्रका अध्यक्ष पुरुषोत्तम गौतम, अभिभागको तर्फबाट हरि पोख्रेल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक प्रकाश वली र शिक्षिका शिला रिजालले संयुक्त रुपमा गर्नुभएको थियो ।