ब्यापारिक स्टल राख्न नदिने सहमति पछि उपमहानगरको ताला खुल्यो

तुलसीपुर,२६ मंसिर ।
तुलसीपुर महोत्सवमा ब्यापारिक स्टल राख्न नदिने सहमति पछि उपमहानगरपालिकाको गेटमा लगाएको ताला खुलेको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र उपमहानगरपालिकाबीच मेलामा जुत्ता, फेन्सी, कस्मेटिक र इलेक्ट्रोनिक स्टल हटाउने गरि सहमतिमा भएपछि ताला खुलेको हो ।

उद्योग वाणिज्य संघले मेला आयोजकसंग भएको सहमती कार्यान्वयन नभएको भन्दै आइतबारदेखि उपमहानगरपालिकाको मुलगेटमा तालाबन्दी गरेको थियो । सोमबार उपमहानगरको गेटमा हातपातको समेत अबस्था सिर्जना भएको थियो ।


युथ अफ तुलसीपुरले आइतबारदेखि तुलसीपुरमा मेलाको सुरूवात गरेको छ । सहमति विपरित मेला सञ्चालन गरेको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेसहितका पदाधिकारी र केही ब्यापारी कालो पट्टी बाँधेर आज विरोध प्रर्दशन गरेका थिए ।