आधारभूत विद्यालय रानागाउँको अध्यक्षमा केसी

तुलसीपुर, २५ पुस ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित आधारभूत विद्यालय रानागाउँको विद्यालय ब्यबस्थापन समिति अध्यक्षमा टेकराज केसीलाई चयन गरिएको छ । विद्यालयको अभिभावक भेलाले युवा नेता केसीलाई अध्यक्ष चयन गरेको हो ।

त्यस्तै सदस्यहरुमा राम बहादुर केसी,खकेन्द्र खरेल, गीता साहु, डिल्लीबहादुर महतारा, विरबहादुर विक, पदम खड्का रहेका छन् ।