बसको ठक्करबाट अबरूद्ध रहेको पूर्व–पश्चिम राजमार्ग ६ घण्टापछि सुचारू

देउखुरी, ७ कात्तिक ।
दाङको देउखुरीमा गए राती रोकिरहेको बसलाई अर्को बसले ठक्कर दिंदा ६ घण्टा अवरूद्ध रहेको पूर्व–पश्चिम राजमार्ग सुचारू भएको छ ।

दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना ३ ख ७३९८ नम्बरको बस गढवा गाउँपालिका १, धोद्र (कालाकाटे) मा बिग्रिएर रोकिराखेको अवस्थामा काठमाडौंबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०२–००१ ख १३६५ नम्बरको बसले गए राती करिब २ बजेको समयमा ठक्कर दिंदा राजमार्ग अबरूद्ध भएको थियो ।


अस्थाई ट्राफिक प्रहरी कार्यालय भालुवाङ र अस्थाई प्रहरी चौकी कालाकाटेको सक्रियतामा डोजरको सहायतामा अबरुद्ध राजमार्ग सुचारू गरिएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट समान्य घाइते भएका यात्रुहरूलाई भालुवाङमा समान्य उपचारपछि आर्को गाडीको व्यवस्था गरेर घर पठाएको अस्थाई ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख सालिकराम बुढाथोकीले जानकारी दिनुभयो । बसको ठक्करबाट अबरूद्ध रहेको पूर्व–पश्चिम राजमार्ग करिब ६ घण्टापछि सुचारू भएको छ । ठक्कर दिने बस चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।