जेसिजद्वारा अपाङ्ग समाज सुधारलाई सहयोग

तुलसीपुर ६ कात्तिक ।  तुलसीपुर नगर जेसिजले अपाङ्ग समाज सुधार केन्द्रलाई सहयोग गरेको छ। मंगलबार तुलसीपुर ६ स्थित केन्द्रलाई एउटा पानी डिस्पेन्सर, दुईवटा ह्विलचेयर, तीन बोरा चामल, दाल, नुन,तेल तथा प्राथमिक उपचारका सामग्रीहरू लगायत सहयोग गरिएको हो।

जेसिज तुलसीपुरका  संस्थापक अध्यक्ष दिपेन्द्र चापागाईले उक्त सामग्री उपलब्ध गराएका हुन् । 

सोही सामग्री तुलसीपुर नगर जेसिजले कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेको हो। तुलसीपुर नगर जेसिजका  अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव ओलीको प्रमुख आतिथ्यतामा उक्त सामग्री हस्तान्तरण गरिएको हो । 

त्यस अवसरमा बिशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारी , दाङ मुद्रण व्यवसाय सङ्घका उपाध्यक्ष शालिकराम बस्नेत,पूर्वध्यक्ष माेहन सुनार,निवर्तमान अध्यक्ष सालिकराम वलीलगायतले हस्तान्तरण गरेका हुन्  । 


त्यस अवसरमा प्रवक्ता ओलीले  अति अशक्त तथा असहाय व्यक्तिहरुलाई सबैले सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रममा केन्द्रका अध्यक्ष ईश्वरी प्रसाद खड्काले यस्तै सहयोगले नै अपाङ्गता भएका व्यक्तिहरूलाई हौसला प्रदान भएको बताएका थिए।

त्यस्तै केन्द्रका संस्थापक अध्यक्ष होमकान्त कडेलले  सबैको सहयोगले नै अपाङ्ग समाज सुधार केन्द्रले थेरापी सेन्टर सञ्चालन गर्न सफल भएको बताएका थिए। 

कार्यक्रम संयोजक भुवन ओलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिव कमल प्रकाश  शर्माले गरेका थिए  ।