भञ्ज्याङमा हाइस पल्टिदा ४ जना घाइते

तुलसीपुर ३ कार्तिक ।
तुलसीपुर अमिलिया सडकको भञ्ज्याङमा हाइस पल्टिदा ४ जना घाइते भएका छन् । दुर्घटनामा परेर गम्भिर घाइते भएका सवारी चालक बाँके निबासी २७ वर्षका राजन बिकलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

त्यसैगरी अन्य घाइते सहचालक तुलसीपुर उपमहानगरपालिका – १३ निबासी २६ वर्षका नारायण कुवँर, तुलसीपुर उपमहानगरपालिका – १६ पहरे निवासी ५५ बर्षकी सरिता बस्नेत र दंगीशरण गाउँपालिका – १ बाँकी निबासी ५३ वर्षका टोपेन्द्र बहादुर विष्टको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।


तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ज ७९२ नम्बरको हाइस अनियन्त्रित भएर दिउँसो ३ पल्टिंदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।