विप्लव दाङ आउँदै

हेमन्तप्रकाश वली 
दाङ, ५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) दाङ आउने भएका छन् ।

नेकपा दाङको आयोजनामा हुने सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न विप्लव दाङ आउन लागेका हुन् ।


नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले कात्तिक ८ गते राप्ती गाउँपालिका देउखुरी दाङको सभाहलमा आयोजना गरिएको ‘सङ्कटग्रस्त नेपालले खोजिरहेको निकास ,नयाँ नीति र नेतृत्व ’ का विषयमा सर्वपक्षीय भेटघाट र अन्तरक्रिया कार्यक्रमका लागि पार्टीका महासचिव दाङ आउन लाग्नुभएको बताए।

कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ ।