दंगीशरण –७ मा सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम

दंगीशरण, २८ असोज ।
दंगीशरण र शान्तिनगरमा क्रियासिल विभिन्न १८ वटा लघुवित्तको आयोजनामा सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम दंगीशरण गाउँपालिका वडा नं. ७ को शिव पार्वती मन्दिर बाकामा सम्पन्न भएको छ ।

सामाजिक रुपान्तरण सामाजिक सद्भाव र आर्थिक रुपान्तरणका सवालमा लघुवित्तले पनि सकारात्मक भुमिका खेल्छन भन्ने उदेस्यका साथ दशै विशेष सुभकामना आदान प्रदान तथा सरसफाइ कार्यक्रमको आयोजना गरीएको लघुवित्त मन्चका सयोजक तथा स्वाबलम्बन लघुबित्तका साखा प्रबन्धक बिस्वनाथ भण्डारीले बताउनुभयो ।

सरसफाइ कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती गाउँ पालिका अध्यक्ष शम्भु गिरीले गाउँगाउँमा लघुवित्तले बचत सङ्गै समाज रुपान्तरण र आर्थिक रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेलेको प्रती उच्च प्रसंशा गर्नुभयो ।


आफ्नो पालिकाका नागरीकहरु सङ्ग लघुबित्त संचालन गरीरहेका लघुवित्तहरुले आफ्ना नागरीकको बचत रकमको पार्दशिता तथा सेवा प्रवाहको सवालमा सुविधा प्रदान गरी सहज सेवा प्रदान गरीदिनपनि आग्रह गर्नुभयो ।

पश्चिम दाङमा क्रियासिल लघुबित्तहरुले रचनात्मक कार्य गर्दै अगाडि बढेको र आगामी दिनमा पनि नागरीकको सेवा प्रवाहमा अझ सक्रिय भएर लाग्ने कार्यक्रमका सभापति बिस्वनाथ भण्डारीले बताउनुभयो ।