रगतको ऋण एकदिन चुक्ता गर्नेछौं

लक्ष्मी तामाङ
पारी रामेछाप बाम्ती भण्डार निकै शुन्दर बस्ती रानी ऐस्वर्यलाई समेत मन परेको ठाँउ,भोजपुरबाट फर्किदै गर्दा कमान्डर प्रमोदले हाम्रो सत्ता आएपछी हाम्रो डिभिजन यहि बस्छ भनी कल्पना गरेको ठाँउ साच्चै स्वर्गको एक टुक्रा थियो।तलतिर आफ्नो गन्तब्यमा निरन्तर बगिरहेको लिखु,अझ परा हेरौ तुवाँलोको मधुरभित्र लुकेर बसेको धोबीडाँडा युद्धकालमा पुलिसमाथी बिजय गरेको ऐतिहासिक स्थल अनि वारि सोलुखुम्बु पिकेको काख गोलिमा एक ऐतिहासिक कार्बाहिका लागि भेला भएका महान जनमुक्ती सेनाहरु।

भोलीरात रुम्जाटार पुग्नु थियो शाही सेनामाथी धावा बोलेर जित निकाल्नु थियो सायद त्यो बेला उ,म हामी मद्य्य जो कोहि नरहन पनि सक्थ्यो तर पार्टी,नेतृत्व रहोस जसले अन्तिमसम्म क्रान्ती सफल पार्नेछ यति चाहाना हुन्थ्यो।हामी दुइबिचको जनाबादी बिबाहपछि त्यो नै अन्तिम र तेस्रो भेट थियो। भेटको रात उसंगको त्यो सामीप्यता निकै न्यानो,प्रेमिल,मायालुयुक्त थियो अनि बिचार र उदेश्यप्रति परिपक्वताको आड,भरोसा पनि।उ भन्दै थियो हामीबाट क्रान्तिको लागि बलिदानी होस तर गद्दार नहोस।उसको पार्टीप्रतिको माया,बिचार र प्रतिबद्धताले म झन बलियो,आँटिला र बिद्रोहित्मक भए झै भान हुन्थ्यो।त्यो रात हामी एकअर्काको साथमा यी प्रतिबद्धताको कुरा गर्दागर्दै उज्यालो भएको पतै पाएन।मलाई औधी मन थियो त्यो चिसो रातमा उसको न्यानो साथमा बसेर उसको आँखा,नाक,निधार झै हरेक अंगहरुको एक,एक बयान गरि दस्तावेज उतारौँ जसरी लियोनार्दोदा भिन्चिले मनोलिसाको चित्र उतारेझै अनि अलि बदमासी भएर उसको मन चोर्न मन थियो ‘हामी यो कठिनताको दुनियाँबाट बाहिर जाउ जहाँ सहजताको यात्रामा तिमी र म मात्रै होस्’ भनेर तर अधुरै रह्यो।

निश्चित स्रोत,साधन र आवश्यकताको आधारमा नेतृत्वले शक्ति बाँडफाँड गरायो फास्ट, सेकेन्ड, थर्ड एसल्टहरु, सपोर्टिङ, स्वंसेवक, मेडिकल, ब्लकिङ्ग ग्रुपहरु। पुर्बी बालकबाट उदाएको त्यो सुर्य पश्चिम डुब्न तिनचार जुवा जति बाकी थियो होला जिम्मेवारि सहित उल्लेख गरेको नाम सुनाउदै एक अर्कामा अन्तिम हात मिलाउदै यात्रामा लामबद्द हुन आदेश गर्यो त्यो रुम्जाटारको लागि कमान्डरले पिकेको गोलिबाट।बारिको कान्लाभरी गोलिको जनताहरु हामिलाई बिदाइ गर्न जम्मा उभिरहेको थियो,एरिया,जिल्ला पार्टीपंतिहरु बिजयको कामाना गर्दै बिदाइका हातहरु हल्लाइरहेको थियो,हामी जनसेनाहरु दरिला र बिस्वासिलो हातहरु एकार्कामा मिलाउदै फर्मेशनमा लामबद्द हुँदै थियो भने यिनै माहोललाई उत्सब बनाउन घन्किरहेको थियो ।
‘जनमुक्ति सेना हामी भन्ने गर्भिलो संगीतका ऐतिहासिक गित।

जनमुक्ति सेना हामी जनतालाई बिउझाउने
जनयुद्धको सन्देश बोकि संघर्षको बिगुल फुक्ने ।।

बाउ, आमा दाजु, दिदी उठौ सारा जुरमुराउदै
गाउँका जाली, घुस्याहारा, भरौटेलाई तहलाउदै
यहि सन्देश दिदै हिड्ने जनमुक्ती सेना हामी
जनता र देशको निम्ति जीवन अर्पण गर्छौ हामी ।।

मरे फगत यहि ज्यान जिते सिङ्गै संसार हाम्रो
जाली फटहा,घुस्याहारा हेर जनयुद्ध हाम्रो
युद्ध हाम्रो रहर होइन इतिहासको आवश्यकता
यहि आह्वान गर्दै हिड्ने माओवादी जनासेना ।।

भोका,नाङ्गा जनतासंग हात मिलाई अघि बड्छौं
नौलो सन्सार निर्माण गर्न दुष्टसंग लड्छौ,भिडछौं
जनताका दुश्मनलाई एक/एक गर्दै तह लाउछौं
शहिदको रगतको ऋण एकदिन पक्कै चुक्ता गर्छौ ।।


यसरी जनमुक्तिसेनाको जिम्मेवारी, कर्तव्य, उदेश्यसङ्गै पहिचान दिइरहेका त्यो गितले दुश्मनलाई तह लगाउदै नौलो संसार निर्माण गर्न जनतालाई आह्वान गरिरहेको थियो भने शहिदको रगतको बदला चुक्ता गर्दा मर्यो भने एक ज्यान भनेझै “मरे फगत यहि ज्यान जिते सिङ्गै संसार हाम्रो,जाली,फटहा घुस्याहरू हेर जनयुद्ध हाम्रो” गितका शब्द–शब्दले हाम्रो मुटुका एओर्टा र धमनीहरूमा बहेको रगत सङ्गै बदला,बिद्रोह र बलिदानी भाब पनि बहिरहेको भान हुन्थ्यो जहाँ मृत्यु देखि हामी होइन हामी देखि मृत्यु डराएकोछ झै लाग्थ्यो । घाम डुब्दै थियो बिदाइका हातहरू हल्लाएर बिदाई भएका महान जनता, पार्टीपंक्ति अनि गोलिका बस्तिलाई निकै तल छोडेर हामी पिकेको शिरतर्फ चढ्दै गयाै‌ । जिम्मेवारी र आवश्यकताले छुट्टाएका फर्मेशनमा उ म भन्दा निकै अघि थियो भने म उ भन्दा निकै पछि । अब हाम्रो भेट बाँचे लडाइँ  पछि हुने थियो भने मरे शहिदको पंक्तिमा। धर्तिमा अँध्यारो छाउँदै थियो,अन्तिम सुर्यको प्रकाशमा सगरमाथाको चुचुरो एकतमासले चम्किरहेको थियो,त्यो पिकेको शिरबाट पारी सगरमाथाको चुचुरो हेरिराख्दा यस्तो आभास हुन्थ्योकी सिङ्गो संसारले हामीलाई हेरिरहेको छ र जनमुक्तिसेनाको बिजयलाई देखिरहेको छ।

यात्रामा बाटोभरि बनाएका लामा लामा चौतारीहरू, ठुल–ठुला मानेहरू अनि तिनिहरूमा टाँगिएका द्वजाहरूले पिकेलाई सिंगारिएको थियो। माने र चौताराहरूमा राखिएका ढुङ्गाहरूमा कुदिएका अक्षरहरूले बुद्धको दर्शन पृथ्वीको सबै स्थानहरूमा छ झै लाउथ्यो। रात पर्दै थियो,चिसो बड्दै थियो, जति उचाई चढ्दै जान्छ उति हावाको बेग बढ्दै जान्थ्यो कतै उडौला झै कतै लडौला झै गरि भने कठिङ्ग्रीएको रात, हिमालको शिरहरूमा टक्रीएर झरेका तुसाराका कणहरूले यात्रामा जति–जति कष्ट र कठिनता गराउन खोज्थ्यो तर बेला–बेलामा हावाको बेगसँगै मिसिएर आएको सुनपती धुपका बास्नाले मन आनन्दित बनाउथ्यो र आभास हुन्थ्यो स्वर्गको एक बास्नाधारी  फुलहरूको बगानमा आइपुगेको छौ झै । एक पहाड अर्को पहाड एक जंगल अर्को जंगल गर्दै त्यो रात रुम्जाटारलाई जनमुक्तिसेनाले घेराबन्दी ग¥यो । पुर्वको होनहार महिला कमान्डर कविताको एसल्ट अघि बड्दै गर्दा दुश्मनको गोलि लागेर कविता ढलेपछी तिनै एसल्ट कमान्ड गर्दै अघि बढ्ने क्रममा उसको पनि शहादत भयो यसरी उ सहिदको पंक्तिमा उभियो ।

उसको यादको आभासहरू त्यो भन्दा पछिका आउने ठाँउ भएनन तर उसको अभावको आभासमा म एक्लै यहाँसम्म छु अब बाँकी जिन्दगी पनि उसैको यादमा बन्दगी राखेको छु । व्यवस्था फेर्दाको यात्रामा छुट्टीएको हामी म फेरिएको व्यवस्थामा छु  । यो व्यवस्था नै मेरो अनि देशको लागि उसको अन्तिम अमुल्य उपहार रहयो ।

फेसबुक म्यासेन्जरमा परिचय सङ्गै सुरु भएको उनीसंगको कुराकानी उनको वास्तविकताको अन्त्यसम्म आइपुग्दा म म्यासेन्जरमा उनीसङ्गै कुरा गरिरहने हिम्मत र नैतिकता नरहेको महसुस गरे । आफ्नै वास्तविकताको कथामा आफै पात्र भएर मलाई सुनाई रहदा दौडको प्रतियोगितामा निस्किन लागेको खेलाडीको हुलझै मेरा आँखाबाट आँसुहरू दौडिन तछाड मछाड गर्न थालेपछी उसको सामु झार्न उचित नभएसी कुनै बहानामा म उनीसङ्ग छुट्नु परेको कारण देखाई छुटे फेसबुकलाई अफलाइनमा राखे अनि बिना रोकावट आँसुलाई निर्धक्क बग्न दिए र उनी प्रती सम्मानको स्यालुट दर्साए । साभारः अग्रिम साप्ताहिक